प्रधानमन्त्री ओलीलाई घुन्सालीले १५ शैयाको अस्पताल बनाइदिन आग्रह गर्ने
२९ कार्तिक २०७७
•
४ मिनेट पाठ
प्रधानमन्त्री ओलीलाई घुन्सालीले १५ शैयाको अस्पताल बनाइदिन आग्रह गर्ने
मंसिर ५ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको दुर्गम गाउँ घुन्सा आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुन्सालीले त्यहाँ दरबन्दीसहितको १५ शैयाको अस्पताल बनाइदिन आग्रह गर्ने तयारी गरेका छन्। विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको अवलोकन तथा भ्रमणका लागि आउने–जाने आन्तरिक तथा बाह्य पर्यटक र दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्योपचारलाई मध्यनजर गरी घुन्सालीले त्यस्तो आग्रह गर्ने तयारी भइरहेको घुन्सामा बासिन्दा हिमाली चुङ्दाक शेर्पाले बताए।  




इसीजी मेसिन, अल्ट्रा साउण्ड लगायतका स्वास्थ्य उपकरणका सामग्री रहेको त्यहाँ चिकित्सकसहितको दरबन्दी र केहि उपकरण थप गर्न घुन्सालीले प्रधानमन्त्री ओलीलाई औपचापरिक आग्रह गर्ने तयारी गरेका छन्। उपचार नपाएर मान्छे मर्नुपर्ने अवस्थाको दैनिकी खेपीरहेका हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न तथा सीमा क्षेत्रमा स्थापना भएका बोर्डर आउट पोष्ट(बिओपी) अवलोकनका लागि प्रधानमन्त्री ओली अहिले सीमावर्ती गाउँ घुमिरहेका छन्। घुन्सामा उनले समुदायको अग्रसरतामा स्थापित सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले बिहान ११ बजेदेखि घुन्साको कार्यक्रममा सहभागी हुने मौखिक खबर आएपनि औपचारिक कार्यतालिका भने नआइपुगेको जानकारी दिए।  

प्रधानमन्त्री ओली घुन्सा आउने भएपछि स्थानीय प्रशासनले सुरक्षा प्रवन्ध भने गरिरहेको छ। प्रधानमन्त्री आउने कार्यक्रमका लागि संबिधानसभा सदस्य, पूर्व सांसद, प्रदेश सांसद, जिल्ला समन्वय प्रमुख, फुङलिङ नगरप्रमुख, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष, प्रशासनिक निकायका  अधिकारी र नागरिक समाजका अगुवा र सञ्चारकर्मीको टोली पनि घुन्सा जाने तयारीमा रहेको छ। देश विदेशमा रहेका नागरिकहरुको सहयोगमा घुन्सा फाउण्डेसनद्धारा करिव ६० लाख बढीको लागतमा निर्मित ८ कोठे सामुदायिक स्वास्थ्य इकाई त्यो क्षेत्रकै एकमात्र स्वास्थ्य संस्था हो। त्यहाँ १ नं प्रदेश सरकारले स्वास्थ्यकर्मीका लागि आवास कक्ष पनि बनाइदिएको छ।  

सरकारले त्यहाँका लागि एकजना स्वास्थ्यकर्मीको न्यूनतम् तलव र निःशुल्क रुपमा पाइने औषधिको व्यवस्था गरेको छ। कम मूल्यको तलवका कारण स्वास्थ्यकर्मी त्यहाँ बस्न रुचाउँदैनन्। घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले सरकारबाट स्वास्थ्यकर्मीका लागि प्राप्त भएको तलवले खाना र चिया खर्च समेत पुग्न नसक्ने तथा प्राप्त औषधिले वर्षभरी भ्याउने अवस्था समेत नरहेका कारण फाउण्डेसनले त्यस कार्यमा समेत सहयोग गरिरहेको जानकारी दिइन्। ‘स्थानीयता र भावनाका हिसावले मात्र त्यहाँ प्रविन जीले जनतालाई सहयोग गरिरहनु भएको छ’ कार्यरत हेल्थ असिष्टेन्ट प्रविन राइप्रति लक्षित गर्दै उनले भनिन्। सामुदायिक स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा विकास गर्न सके दुगर्म क्षेत्रका नागरिकले पाउने स्वास्थ्य सेवा र अहिले देखिएको व्यवस्थापन समस्या दुबै हल हुने उनको बिश्वास छ।  

यसरी सुरुभयो सामुदायिक अस्पतालको अभियान 

रक्षामन्त्री अध्यक्ष रहने नेपाल ट्रष्टकी सदस्य समेत रहेकी घुन्सा फउण्डेसनकी अध्यक्ष याङ्जोम अहिले ३३ वर्षकी भइन्। उनी ८ वर्षको छँदा उनकी आमाले दोस्रो सन्तानको जन्म दिने अवधि थियो। याङ्जोमकी आमालाई प्रसव पीडाले चाप्यो। तत्कालिन लेलेप गाउँ विकास समितिकै वडा नं ९ घुन्साबाट लेलेपमा रहेको स्वास्थ्य संस्था लैजान करिव डेढ दिन नै लाग्थ्यो। त्यसैले सुत्केरी गराउन घुन्साबाट लेलेप ल्याउने कुरा कम सम्भव थियो। त्यसैले घरमै सुत्केरी गराउनु त्यहाँको बासिन्दाको बाध्यता जस्तै थियो।  

याङ्जोमकी आमाले पनि दोस्रो सन्तान छोरालाई जन्म दिइन्। सुत्केरी भएपछि उनमा ३ दिनसम्म लगातार रक्तश्राव भइरह्यो। उपचारका लागि ल्याउने तयारी गर्दागर्दै याङ्जोमकी आमाले संसारबाट बिदा लिइन्। ‘भाइको जन्म त भयो, तर आमाले स्तनपान गराउन नपाउँदै हामी सबैबाट बिदा लिनुभयो’ उतिबेलाको आमाको मृत्युको स्मरण गर्दै याङ्जोमले भनिन्। आमाविहीन बनेका दिदी भाइ अनकेन् सहराबाट हुर्कदैं गए। राजधानी छिरेकी याङ्जोमलाइ आफ्नो खुट्टामा उभिन संघर्ष गर्दैगर्दा आफ्नी आमालाई प्रसव पीडामा गुमाएको स्मरणले कहिल्यै छाडेन।  

अनि उनले घुन्सामा चिकित्सक तथा स्वास्थ्यकर्मी पुर्‍याएर सेवा प्रवाह गर्दा आफ्नी आमा जस्ता नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने सोचिन्। उनले सामाजिक सञ्जाल र अन्य बिभिन्न कार्यक्रममा घुन्सामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि सहयोग संकलन अभियान चलाइन्। उनले अघि सारेको सोचमा घुन्सालीहरुको एकमत नरहने कुरै भएन। घुन्सा फाउण्डेसनमार्फत सुरु भएको यो अभियानले अन्ततःत्यहाँ सामुदायिक स्वास्थ्य केन्द्रको भवन बनाउन बल पुग्यो। औषधि र स्वास्थ्यकर्मीका लागि खानपान धान्न सक्ने सहयोग गर्न सकियो।  

सरकारले त्यहाँ सामुदायिक स्वास्थ्य इकाई बनाउन सहयोग गर्ने भयो। सुरुमा विद्यालयको भवनबाट सुरु भएको सामुदायिक स्वास्थ्य इकाई अहिले आफ्नै भवनबाट सञ्चालित छ। ‘यो सबैको योगदान र बलबाट प्रेरित अभियान हो’ उनले भनिन्।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
८ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस