न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह्रास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।
इलामको माङ्सेबुङ गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्रेको छ। माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षे आशिष भनिने हस्तबहादुर लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाम कारागारबाट बिहीबार फरार १ कैदीलाई प्रहरीले पक्रेको छ। प्रहरीले हिजो (शुक्रबार) उनलाई कारागारबाट करिब १८ किलोमिटरमा रहेको माइखोलाछेउबाट पक्रेको हो।