आकर्षक पर्यटकीयस्थलले भरिपूर्ण सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिने भएको छ। ‘एकीकृत पर्यटनको प्रवद्र्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ यही चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको हो।
जिल्लाकै अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई), रामसार क्षेत्र माइपोखरीसहित छिन्टापु, मेची क्षेत्रकै अग्लो टोड्के झरनालगायत पर्यटकीयस्थल यही गाउँपालिकामा छन्। महोत्सवको मुख्य आकर्षणका रूपमा इलाम–माइपोखरी म्याराथुन, ल्यान्डरोभर सफारी, सन्दकपुर गोल्डकप, उच्च पहाडी क्षेत्रमा साइक्लिङ प्रतियोगिता, स्थानीय खानाका परिकार, कलाकारहरूको प्रस्तुतिलगायत राखिएका छन्।गुरुङ, राई, शेर्पा, सुनुवार, ब्राह्मण–क्षेत्रीलगायत जातजातिको बसोबास रहेको यो क्षेत्रमा आयोजित महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी, याक, भोटे कुकुर तथा पर्यटकीयस्थलको भिडियो प्रदर्शनीसमेत राखिएको आयोजक मूल समारोह समितिले जनाएको छ।
महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) का लागि म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ। पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन गरिने भएको हो। पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ। पुरुषतर्फको म्याराथुन इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि सन्दकपुरको सातखाल्डेसम्म र महिलाको चाहिँ इलाम बजारदेखि सातखाल्डेसम्मै राखिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए। उनका अनुसार पुरुषतर्फको म्याराथुन विजेताले अढाई लाख तथा महिलाको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।
भारतको बाटो भएर बर्सेनि सयौं पर्यटक आइपुग्ने भारतीय सीमा क्षेत्रको सन्दकपुर डाँडामा आन्तरिक पर्यटकको समेत सधैं घुइँचो लाग्ने गरेको छ। सन्दकपुर चुचुराबाट १ सय ८० डिग्रीजस्तोमा देखिने दर्जनौं हिमशृंखलाले मन लोभ्याउँछ। सन्दकपुरमा घाम झुल्किनुअघि नै कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमाल पहेंलपुर देखिन्छन्। सगरमाथासहित नेपाल–भारत र भुटानका दर्जनौं हिमशृंखलाको मनमोहक दृश्यमा पर्यटक लोभिन्छन्। आफू अग्लो, हिमालबाहेक सबै होचो देखिने सन्दकपुरमा सूर्याेदय हुँदाको सौन्दर्य उत्तिकै आकर्षक लाग्छ।
छेउमै रहेका माई भगवतीको शिर र आहालटार अर्काे आकर्षण हुन्। स्थानीय जडीबुटी, वन्यजन्तु र जैविक विविधतालगायत अवलोकन गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन सन्दकपुर आएका पर्यटकको संख्या सधैं बाक्लो हुन्छ। त्यसभन्दा मुनिको क्षेत्रमा विश्वकै लोपोन्मुख जनावर रेडपाण्डासहित काँडेभ्याकुर, बँदेल, घोरल, डाँफे, मुनाल, भालु र कस्तुरी पाइन्छन्। चिराइतो, लौठसल्ला, ओखेआलु र सतुवाको समेत व्यावसायिक खेती गरिएको छ।
सन्दकपुर, मानेभञ्ज्याङ र सीमा जोडिएको भारतका दार्जिलिङ, कर्साङ, चिम्नी, टाइगरहिल, जोबवंगला, सुकियापोखरीतिरबाट पर्यटकहरू बर्सेनि साइकलमा हुइँकिन यहाँ आउँछन्। सन्दकपुर, मानेभञ्ज्याङ, तुम्लिङ, कालपोखरी, गोर्खे, फालोट र रिम्बिकका तीन हजार मिटरभन्दा उचाईका पहाडमा म्याराथुनसमेत आयोजना गर्ने गरिएको छ। यहाँको साइकल यात्रा र म्याराथुनमा रमाउन बेलायत, अष्ट्रेलिया, भारत, जापान, अफ्रिका, कोरिया, अमेरिका, जर्मनीलगायत देशबाट पर्यटक आउनेगरेको स्थानीय व्यवसायी बताउँछन्।
यहाँको अर्को महŒवपूर्ण आकर्षण माइपोखरी हो। धार्मिक आस्था होस् या पर्यटकीय र जैविक महŒव सबै हिसाबले माइपोखरी घुम्न आउनेको संख्या धेरै हुन्छ। उच्च पहाडको टाकुरामा कसैले फुर्सदमा कुँदेजस्तो ९ कुनाको पोखरीको वरिपरि हरियाली छ। कतैबाट पनि पूरै भाग नदेखिने भएकाले आधाजसो कुना घुमेरै मात्र देखिनु यसको अर्काे विशेषता हो।
हिउँद या बर्खा, माइपोखरीमा पर्यटक धुरइरिन्छन्। शनिबार र मंगलबार पर्यटक अधिक आउने माइपोखरी अरूबेला पनि आगन्तुकले खाली हुँदैन। इलाम, पाँचथर, झापा, मोरङ, सुनसरीलगायत धेरै जिल्लाका पर्यटक माइपोखरीमा आउँछन्। पहाडको थुम्कामा भएकाले निकै चिसो हुने माइपोखरीमा हिउँदको चिसोमा पनि पर्यटक उस्तै रमाइरहेका हुन्छन्, गर्मीमा त माइपोखरी सबैका लागि रोजाइ नै हुन्छ।
चैत लागेर वरपर ढकमक्क गुराँस फुलेपछि माइपोखरीले पर्यटक तान्छ। तराईमा गर्मी बढेका बेला माइपोखरीको चिसो खान आउनेको लहर लाग्छ। बाहिरी जिल्लाबाट मात्र होइन, इलामकै विभिन्न स्थानबाट माइपोखरी घुम्न आउने पर्यटक पनि बर्सेनि धेरै हुन्छन्। ‘कहिलेकाहीं त टीका लगाएर पनि भ्याउन मुस्किल पो पर्छ,’ माइपोखरी मन्दिरका पुजारी तुलाराम पौडेल भन्छन्, ‘नेपाल र भारतबाट यहाँ आउने पर्यटकको संख्या धेरै हुन्छ।’ हिन्दू, बौद्ध, किरातलगायत धर्मका धर्मावलम्बी माइपोखरीलाई उत्तिकै आस्थाको केन्द्र मान्छन्। नेपालका धेरैजसो धर्ममा आस्थावान् व्यक्ति माइपोखरीमा रमाउन पुग्छन्।
देशकै प्रसिद्धस्थल माइपोखरी विश्व संरक्षण सूची ‘रामसार’मा समेत सूचीकृत छ। २ हजार १ सय २१ मिटर अग्लो डाँडाको २ हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ। हरिवोधनी एकादशी र प्रत्येक वैशाख १ मा यहाँ ठूलो धार्मिक मेला लाग्छ। दुर्लभ वन्यजन्तु पाइने माइपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन्। नेपालमा गलैंचे झ्याउ पाइने स्थान माइपोखरीमात्रै हो भन्ने चर्चा छ।
अध्ययनहरूका अनुसार स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, ६ प्रजातिका उभयचर पाइन्छन्। रुख भ्यागुत्तो, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यांट्याङ पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यही विविधतामा रमाउँछन्। ३ प्रजातिका रैथाने माछा, काकाकुल, भुँडीफोर, हिमाली गिद्धजस्ता ३ सय प्रजातिका पंक्षी ओहोर–दोहोर गर्छन् माइपोखरीमा। श्रीलंका–साइबेरिया आउ–जाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद् बताउँछन्।
टोड्का झरना यहाँको अर्काे आकर्षण हो। झरनाको दृष्य मनमोहक हुने भएकाले बर्सेनि यहाँ सयौं पर्यटक आइपुुग्छन्। २ सय ८० फिट उचाईको यो झरना हेर्न भारत, अमेरिका, बेलायत, जर्मनी र अन्य मुलुकबाट पनि पर्यटक आउनेगरेको स्थानीयको भनाइ छ।
३ हजार २ सय मिटर उचाइको छिन्टापु डाँडो सन्दकपुरमा पर्यटक आकर्षित गर्ने अर्काे गन्तव्य हो। माइपाखेरी, देउराली, टप्पु, खप्परे, ढुङ्गेपानी, गुराँसे हुँदै छिन्टापुसम्म यात्रा गरिन्छ। यो क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा, भिरमौरी, झारल, पुतली र सयौं प्रजातिका चराको बासस्थान छ। छिन्टापु क्षेत्रमा इलामकै सबैभन्दा धेरै सिमसार र पोखरी छन्। यो क्षेत्रमा ३६ प्रजातिका गुराँस पाइने अध्ययनकर्ताले जनाएका छन्। छिन्टापुनजिक तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायत छन्।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।
शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।
प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।
माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।
त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।
स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।
जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।
सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...