इलाममा साहित्य महोत्सव हुने
१७ चैत्र २०७९
•
२ मिनेट पाठ
इलाममा साहित्य महोत्सव हुने
इलाम बजार। तस्बिर: भीम/नागरिक
जिल्लाको पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव आयोजना गरिने भएको छ। यही चैत २६ र २७ गते सदरमुकामस्थित सिटीहलमा महोत्सव आयोजना गर्न लागिएको हो।  




महोत्सवमा १२ वटा विशेष ‘इभेन्ट’ राखिएको छ। इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा महोत्सव हुने भएको हो। समाजका अध्यक्ष सुरेन्द्र राईका अनुसार ‘अंक, अर्थ र अध्यात्म’ विषयका कि–नोट स्पिकर विश्व पौडेल छन्। ‘कवितामा स्थानीय चेत’ विषयमा कवि तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन वक्ता छन् भने यसको सहजीकरण राजु स्याङतानले गर्नेछन्। ‘कला र आदिवासी सौन्दर्य चेतना’ शीर्षकमा वन्दना टेटे र अश्विनी पंकजले वक्तव्य दिनेछन्। यसमा राजा पुनियानीको सहजीकरण रहने छ।  

सकुन्तला जोशी सहजकर्ता रहेको ‘महाभारादेखि टिस्टासम्म’ शीर्षकमा छुदेन काविमो र बसन्त बस्नेत वक्ता छन्। ‘कस्तो सिनेमा’ शीर्षकमा हुने छलफलका वक्ता उपेन्द्र सुब्बा, विजय बराल र केकी अधिकारी वक्ताका रूपमा छन् भने यसको सहजीकरण अन्वेश थुलुङले गर्नेछन्। ‘सफल कि सार्थक’ विषयमा विमल वैद्यले सहजीकरण गर्नेछन् भने यो विषयमा युवराज अधिकारी, विश्वमोहन श्रेष्ठ र सविता गौतम दाहाल वक्ता रहनेछन्।  

‘समावेशी लेखन’ शीर्षकमा डा.ज्ञानेन्द्र यक्सो, धर्मेन्द्र नेम्बाङ र मिश्र वैजयन्तीले आफ्नो विचार राख्दा बालिका थपलियाले सहजीकरण गर्नेछिन्। ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’ शीर्षकमा कल्पना महर्जन, कृष्ण साह र सोनामटासी लामाबीच छलफल हुँदा विराट अनुपमले यसको सहजीकरण गर्नेछन्। ‘नारी–पर्या–साहित्य र सत्ता’ शीर्षकमा रेमिका थापा, सञ्जीव पौडेल र शोभा योल्मुुले वक्तव्य दिँदा निमेश निखिलले सहजीकरण गर्नेछन्। ‘मातृभाषा साहित्यमा शिल्प चेतना’ शीर्षकमा मधुराज केरुङ र सञ्जोग लाफामगरबीच छलफल हुनेछ। यसको सहजीकरण सन्देश सुब्बाले गर्नेछन्।  

‘कोशी प्रदेश कहिले बन्छ १ नम्बर प्रदेश ?’ शीर्षकमा गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालबीच छलफल हुँदा बसन्त बस्नेतले सहजीकरण गर्नेछन्। महोत्सवमा कुमार नगरकोटीले विशेष कविता वाचन गर्नेछन्।  

महोत्सवस्थल बाहिर चित्रकला

महोत्सव चलिरहेका बेला सिटीहलको बाहिरपट्टि चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। विश्वकै लोपोन्मुख रेडपान्डाको संरक्षणमा चेतना जगाउने उद्देश्यले रेडपान्डासम्बन्धी चित्रकला आयोजना गरिएको हो।  

उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्था अध्यक्ष दीपक लुंगेलीका अनुसार काठमाडौंबाट आएका ५ र इलामका ५ चित्रकार चित्रकलामा सहभागी हुनेछन्। ‘महोत्सव चलिरहेका बेला बाहिरपट्टि कलाकारले विभिन्न स्केच बनाउनेछन्,’ लुंगेलीले भने, ‘दुर्लभ रेडपान्डा इलामसहित पूर्वीपहाडका जिल्लामा पाइने र त्यसबारे स्थानीयमा चेतना जगाउन आवश्यक रहेकाले चित्रकला प्रदर्शनी आयोजना गरिएको हो।’ रेडपान्डा नेटवर्क (आरपिएन)ले चित्रकलामा समन्वय गरेको छ।
अर्को समाचार
इलाममा साहित्य महोत्सव हुने
१७ चैत्र २०७९
•
२ मिनेट पाठ
इलाममा साहित्य महोत्सव हुने
इलाम बजार । तस्बिरः भीम/नागरिक
जिल्लाको पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव आयोजना गरिने भएको छ। यही चैत २६ र २७ गते सदरमुकामस्थित सिटीहलमा महोत्सव आयोजना गर्न लागिएको हो।  




महोत्सवमा १२ वटा विशेष ‘इभेन्ट’ राखिएको छ। इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा महोत्सव हुने भएको हो। समाज अध्यक्ष सुरेन्द्र राईका अनुसार ‘अंक, अर्थ र अध्यात्म’ विषयका कि–नोट स्पिकर विश्व पौडेल छन्। ‘कवितामा स्थानीय चेत’ विषयमा कवि तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन वक्ता छन् भने यसको सहजीकरण राजु स्याङतानले गर्नेछन्। ‘कला र आदिवासी सौन्दर्य चेतना’ शीर्षकमा वन्दना टेटे र अश्विनी पंकजले वक्तव्य दिनेछन्। यसमा राजा पुनियानीको सहजीकरण रहने छ।  

सकुन्तला जोशी सहजकर्ता रहेको ‘महाभारादेखि टिस्टासम्म’ शीर्षकमा छुदेन काविमो र बसन्त बस्नेत वक्ता छन्। ‘कस्तो सिनेमा’ शीर्षकमा हुने छलफलका वक्ता उपेन्द्र सुब्बा, विजय बराल र केकी अधिकारी वक्ताका रूपमा छन् भने यसको सहजीकरण अन्वेश थुलुङले गर्नेछन्। ‘सफल कि सार्थक’ विषयमा विमल वैद्यले सहजीकरण गर्नेछन् भने यो विषयमा युवराज अधिकारी, विश्वमोहन श्रेष्ठ र सविता गौतम दाहाल वक्ता रहनेछन्।  

‘समावेशी लेखन’ शीर्षकमा डा.ज्ञानेन्द्र यक्सो, धर्मेन्द्र नेम्बाङ र मिश्र वैजयन्तीले आफ्नो विचार राख्दा बालिका थपलियाले सहजीकरण गर्नेछिन्। ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’ शीर्षकमा कल्पना महर्जन, कृष्ण साह र सोनामटासी लामाबीच छलफल हुँदा विराट अनुपमले यसको सहजीकरण गर्नेछन्। ‘नारी–पर्या–साहित्य र सत्ता’ शीर्षकमा रेमिका थापा, सञ्जीव पौडेल र शोभा योल्मुुले वक्तव्य दिँदा निमेश निखिलले सहजीकरण गर्नेछन्। ‘मातृभाषा साहित्यमा शिल्प चेतना’ शीर्षकमा मधुराज केरुङ र सञ्जोग लाफामगरबीच छलफल हुनेछ । यसको सहजीकरण सन्देश सुब्बाले गर्नेछन्।  

‘कोशी प्रदेश कहिले बन्छ १ नम्बर प्रदेश ?’ शीर्षकमा गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालबीच छलफल हुँदा बसन्त बस्नेतले सहजीकरण गर्नेछन्। महोत्सवमा कुमार नगरकोटीले विशेष कविता वाचन गर्नेछन्।  

महोत्सवस्थलबाहिर चित्रकला

महोत्सव चलिरहेका बेला सिटीहलको बाहिरपट्टि चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। विश्वकै लोपोन्मुख रेडपान्डाको संरक्षणमा चेतना जगाउने उद्देश्यले रेडपान्डासम्बन्धी चित्रकला आयोजना गरिएको हो।  

उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्था अध्यक्ष दीपक लुंगेलीका अनुसार काठमाडौंबाट आएका ५ र इलामका ५ चित्रकार चित्रकलामा सहभागी हुनेछन्। ‘महोत्सव चलिरहेका बेला बाहिरपट्टि कलाकारले विभिन्न स्केच बनाउनेछन्,’ लुंगेलीले भने, ‘दुर्लभ रेडपान्डा इलामसहित पूर्वीपहाडका जिल्लामा पाइने र त्यसबारे स्थानीयमा चेतना जगाउन आवश्यक रहेकाले चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।’ रेडपान्डा नेटवर्क (आरपिएन)ले चित्रकलामा समन्वय गरेको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १८ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस