कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिनादिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्। कारागारको कम्पाउन्ड वालमा चढेर उनी बाहिर भागेको प्रहरीले जनाएको छ।
पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथुन प्रतियोगिता आयोजना गरिने भएको छ। नयाँवर्षको अवसर पारेर आउँदो वैशाख १ मा पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता आयोजना गर्न लागिएको हो।
इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित तीनजुरे चिया उद्योगले महिना दिनअघि चियाको गुणस्तरमा विश्वमै नामी र ‘ब्रान्ड’ बनिसकेका देशलाई समेत उछिन्यो। र, सर्वोत्कृष्ट गुणस्तरीय चिया उत्पादकका रूपमा आफूलाई दर्...
‘अब म उद्घोषक भएर, नेता भएर ठुलो काम त नगरुँला तर कमसेकम अरूसँग कसरी प्रभावकारी तरिकाले बोल्ने भन्ने सिक्नलाई चाहिँ म बुढी भइहालेजस्तो लाग्दैन,’ उनले रौसिँदै सुनाइन्, ‘बोल्न त कति बोलियो–बोलियो तर अब...
इलाममा स्वतन्त्र विद्यार्थी युनियन रहेका चारै क्याम्पसमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का अध्यक्ष चयन भएका छन्।
उपभोक्ताले पानीको महसुल बढी उठाएको भन्दै चौतर्फी विरोध जनाएपछि महसुल बढाइएको प्रमाणित भयो। त्यति मात्र भएन, माघमा महसुल बढाएर मंसिरदेखिकै महसुल बढेकै दरमा लिइएकोसमेत पाइयो।
बैठकले खानेपानी मिटरमा भएको त्रुटि वा अन्य प्राविधिक त्रुटिका कारण बढी खपत अंक उठेको भनी यकिन गरिएका मिटरहरूमा उठेको खपत अंकलाई प्राविधिक रायबमोजिम सच्याइ महसुल निर्धारण गर्ने निर्णय पनि गरेको छ।