६४ वर्षमा माइक्रोफोन समाउने हुटहुटी
११ चैत्र २०७९
•
५ मिनेट पाठ
६४ वर्षमा माइक्रोफोन समाउने हुटहुटी
इलामको फाकफोकथुम गाउँपालिका–६, एक तप्पामा आयोजित उद्घोषण तालिममा बोल्ने कलाको अभ्यास गर्दै ६४ वर्षीया फूलमाया राई। तस्बिरः भीम/नागरिक
फाकफोकथुम गाउँपालिका–६, एक तप्पाकी ६४ वर्षीया फूलमाया राईका ९ छोरा, २ छोरी र ११ नाति–नातिनी छन्। अक्षर चिन्दिनन् तर उनमा अझै पनि युवाकै जोस–जाँगर छ। सामाजिक क्षेत्रको अगुवाइ गर्न मात्र होइन, अब उनी अरूका अघि कलात्मक बोलीको सीप सिक्न पनि युवाकै टोलीमा सहभागी भएकी छिन्। 




आफूसमेत लामो समय सदस्य रहेको महिला सञ्जालले वडामै महिलाका लागि उद्घोषण तालिम आयोजना ग¥यो। फूलमायाले थाहा पाइन्। यो सुनेपछि उनलाई घरै बस्न मन लागेन, उमेरले पनि छेकेन। ‘गाउँमा जे–जस्ता कार्यक्रम आयोजना भएपनि जान्छु। तर अरूका अघि माइक ९माइक्रोफोन० समाएर बोल्न जान्दिनँ,’ फूलमायाले भनिन्, ‘जसोतसो बोलेर काम चलाइन्थ्यो तर आफैँलाई चित्त नबुझ्ने। अब चाहिँ माइक समाएर निर्धक्क बोल्न मन छ।’ 

अरूका अघि कसरी निर्धक्क भएर बोल्ने भन्ने सिक्न आफू तालिममा सहभागी भएको उनी बताउँछिन्। ‘अब म उद्घोषक भएर, नेता भएर ठुलो काम त नगरुँला तर कमसेकम अरूसँग कसरी प्रभावकारी तरिकाले बोल्ने भन्ने सिक्नलाई चाहिँ म बुढी भइहालेजस्तो लाग्दैन,’ उनले रौसिँदै सुनाइन्, ‘बोल्न त कति बोलियो–बोलियो तर अब भाँती पु¥याएर बोल्ने कला सिक्नु छ।’ 

फूलमाया टोलका सामाजिक काममा अग्रसर छिन्। उनलाई पति जसबहादुरले पनि घर कामको जञ्जालबाट बाहिर निस्किन सहयोग गरेका छन्। ‘मलाई पतिले घरबाहिरका सामाजिक काममा जान फुर्सद दिने मात्र होइन, कति ठाउँ त आफैँ पु¥याइदिनुहुन्छ,’ उनले भनिन्, ‘सामाजिक सेवा गर्ने पुरुषलाई घरकै महिलाले र महिलालाई पुरुषले सहयोग गरेनन् भने सम्भव पनि छैन।’

यही वडाकी विष्णुमाया श्रेष्ठ ५९ वर्षकी भइन्। उनका ५ छोरा–छोरीमध्ये २ छोरा वैदेशिक रोजगारीमा छन्। १ छोराको बिहे भएर छोरी छिन्। २ छोरीको बिहे भइवरी २÷२ जना नाति–नातिनीसमेत छन्। तर, उनलाई लाग्यो–‘भाका मिलाएर बोल्न जानियो भने केही गरिन्छ।’ घरमा पतिसँग सल्लाह गरिन्, उद्घोषण तालिममा सहभागी हुन आइन्। ‘यो तालिम हामीजस्ता महिलाका लागि अत्यन्त आवश्यक भएकाले हामीले नै तालिम आयोजना गरेका हौँ,’ सञ्जालकी उपाध्यक्षसमेत रहेकी विष्णुमायाले भनिन्, ‘बोल्न सिक्नु उद्घोषक हुनु मात्र होइन, महिलाको नेतृत्व क्षमता बढाउनु पनि हो, त्यसैले यो तालिम महŒवपूर्ण छ।’

५५ वर्षकी गोमादेवी चम्लागाईंलाई ‘उमेर छँदै’ आफूले पढ्न र राम्रो बोल्न नजानेकामा पछुतो छ। भन्छिन्, ‘उमेर छँदा न राम्रोसँग पढ्न पाइयो, न बोल्न नै। अहिले आएर भएपनि कतै २–४ मान्छेका अगाडि मेलो मिलाएर बोल्न सकिन्छ कि भन्ने लागेर तालिममा आएकी।’ 

स्थानीय महिलाकै सक्रियतामा सञ्जालले वडामा विभिन्न गतिविधि गरिरहेको छ। महिलाका लागि विभिन्न पक्षमा कार्यक्रम सञ्चालन गरिरहेको सञ्जालले यसपटक वडाकै सहयोगमा तालिम आयोजना गरेको हो। तालिममा स्कुल–कलेज पढ्दै गरेका किशोरी, विद्यार्थी नेतादेखि ६४ वर्षसम्मका महिला र जनप्रतिनिधिसमेत सहभागी छन्। 

फाकफोकथुम गाउँपालिका कार्यपालिका सदस्य चन्द्रकला श्रेष्ठ तालिममा अरूभन्दा अग्रसर भएर बोल्छिन्। सहजकर्ताले कुनै प्रश्न सोध्ने बित्तिकै उनी सबैभन्दा पहिला जबाफ दिन्छिन्। ‘तर, धेरै मानिसका अगाडि बोल्न चाहिँ बानी परेको छैन,’ उनले भनिन्, ‘कुन ठाउँमा कसरी बोल्ने, बोल्ने कलाका निश्चित नियम र परिधि कस्ता छन् भनेर सिक्न आएकी।’ उनले आफूले दर्जनौँ कार्यक्रम वा फोरमहरूमा बोल्ने अवसर पाए पनि चित्तबुझ्दो हिसाबले बोल्न नपाएको सुनाइन्। ‘बोल्न त बोलिन्छ तर कतिपय कुरा छुटिहाल्छन्, कतिपय कुरा कसरी मिलाएर प्रस्तुत गर्ने भन्ने आउँदैन,’ उनले सुनाइन्, ‘यहाँ तालिम भएको थाहा पाएपछि जति दुःख गर्नुपरे पनि परोस्, सिकेरै आउँछु भनेर यहाँ आएकी।’ वडा ६ की वडा सदस्य पवित्रा खातीसमेत अरू काम थाती राखेर बोल्ने कला सिक्न आएकी छिन्। 

तालिममा सहभागी एकतप्पा बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष प्रतीक्षा खनालले आफू पनि बोल्ने कला निखार्न तालिममा आएको सुनाइन्। ‘विद्यार्थीको हकहित मात्र होइन, भोलि समाज र देशकै लागि केही सेवा गर्न सकिन्छ कि भन्ने सपना छ,’ उनले भनिन्, ‘त्यसका लागि अहिलेदेखि नै मानिससँग कसरी बोल्ने, कसरी आफ्नो अभिव्यक्ति प्रभावकारी बनाउने, आफूले बोलेका कुरा आम नागरिकमा कसरी सञ्चार गर्ने भन्ने सिक्न पाइन्छ भन्ने लागेको छ।’ कक्षा ११ की छात्रा लक्ष्मी श्रेष्ठले पठाइ सकेपछि जुनसुकै क्षेत्रमा प्रवेश गर्न पनि वाककला आवश्यक रहेको बताइन्। ‘म भोलि जुनसुकै क्षेत्रमा प्रवेश गरेपनि प्रभावकारी बोली आवश्यक पर्छ, त्यसैले कलात्मक बोलीको सीप सिक्न मन लागेको हो,’ उनले भनिन्।

गाउँमा अन्य महिलाभन्दा बोल्नमा अलि अग्रसर देखिने सञ्जाल अध्यक्ष गीता अधिकारीले सामान्यतया सञ्जालले आयोजना गर्ने औपचारिक कार्यक्रममा अध्यक्षता गर्नुपर्ने थियो। तर, आफूले अध्यक्षता गरेर बसेपछि कार्यक्रम सञ्चालन वा उद्घोषण गर्ने सक्षम मान्छे कोही भएनन्। ‘म सञ्जालको अध्यक्ष भएपनि धेरैजसो कार्यक्रममा अरूलाई नै अध्यक्ष राखेर म आफैंले कार्यक्रम सञ्चालन गरेकी छु,’ उनले अनुभव सुनाइन्, ‘अब चाहिँ यस्तो अवस्था रहनुहुँदैन भनेर गाउँमै उद्घोषण तालिम आयोजना गरेका हौँ।’

अध्यक्ष अधिकारीले बोल्ने कलाले नेतृत्व सीपसमेत बढाउने भएकाले महिलालाई उद्घोषणमा सहभागी गराएको बताइन्। भन्छिन्, ‘म पनि बोल्न सिपालु मान्छे होइन, अरू साथीहरूजस्तै नै हो तर जिम्मेवारी आएपछि ठुलो समूहका अघि बोल्न आँट आउँदो रहेछ,’ उनले भनिन्, ‘बोल्ने कलाले मानिसलाई नेतृत्व गर्ने ठाउँसम्म पु¥याउने भएकाले पनि हामीले जुनसुकै अवसरमा आफ्ना कुरा निर्धक्क राख्न सक्नुपर्छ। महिला बोल्ने सीप सिकाउन आवश्यक छ।’ उनले महिलालाई घरको चुलो–चौकामा सीमित नरही सामाजिक कार्य र नेतृत्व विकासमा अग्रसर हुन आग्रहसमेत गरिन्। 

वडा ६ का वडाध्यक्ष टंकनाथ खनालले गाउँमा महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्न वडाले प्रोत्साहन गरेको बताए। ‘महŒवपूर्ण सामाजिक काम गरिरहनुभएका महिलामा आफ्नो विचार र क्षमता अभिव्यक्त गर्ने सीप पनि महŒवपूर्ण रहेछ,’ उनले भने, ‘महिला हरेक नेतृत्वका लागि सक्षम हुनुहुन्छ तर क्षमता प्रस्फुटन गर्ने अवसरको खाँचो छ।’ पाँच दिने तालिमको सहजीकरण पत्रकारद्वय भीम चापागाईं र भगीरथ भण्डारीलगायतले गरिरहेका छन्।  
अर्को समाचार
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
८ मिनेट अघि
•
१ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।




शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।

प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।

जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।

माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।

त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।

स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।

जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।

यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।

सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस