निगमको बोइङ ‘ग्राउन्डेड'
२६ कार्तिक २०७१
•
१ मिनेट पाठ
निगमको बोइङ ‘ग्राउन्डेड'
काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड' भएको छ। निगमको बोइङ ७५७ ९एन–एसिबी जहाजमा प्राविधिक समस्या आएपछि ग्राउन्डेड भएको हो। जहाजको ‘हाइड्रोलिक पाइप' मा खराबी आएको सम्बद्ध एक अधिकारीले जानकारी दिए।
‘एसिबी जहाजमा प्राविधिक समस्या आएका कारण गत शनिबारदेखि उडान गर्न सकेको छैन,' निगमका ती अधिकारीले बुधबार नागरिकन्युजसँग भने, ‘हाम्रा इन्जिनियरहरूले जहाज मर्मत प्रयास गरे पनि नसकेपछि विदेशबाटै सामान मगाउनुपर्‍यो।'

उनका अनुसार अन्तर्राष्ट्रिय उडान गरिरहेका दुईमध्ये एउटा ग्राउन्डेड भएपछि अर्को बोइङ ७५७ ९एन–एसिएलाई मात्र उडानमा प्रयोग गरिएको छ। दुई जहाजबाट सातामा १६ वटासम्म उडान भइरहेकोमा अहिले पनि लगभग त्यति नै उडान गरिएको छ।

‘एउटा जहाजबाट डिले सेड्युलमा उडान गरिरहेका छौं,' उनले भने, ‘तै पनि साताको १६ सम्म उडान गर्ने गरी तालिका बनाएका छौं, तर यो साह्रै गाह्रो काम हो।'



अर्को समाचार
निगमको ठूलो जहाज ‘ग्राउन्डेड', नयाँदिल्लीका सबै उडान बन्द
०३ भदौ २०६७
•
८ मिनेट पाठ
निगमको ठूलो जहाज ‘ग्राउन्डेड', नयाँदिल्लीका सबै उडान बन्द
सुशील भट्टराई, काठमाडौं, भदौ ४- नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा जहाजको ‘ल्यान्डिङ गियर'मा गम्भीर समस्या आएर ‘ग्राउन्डेड' भएपछि ५० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती भएको छ। निगमको बोइङ ७५७ ९एन एसिबी जहाज ग्राउन्डेड लगत्तै दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा व्यस्त सेक्टर मानिने नयाँदिल्लीका आफ्ना सबै उडान उसले कटौती गरेको छ।
‘निगमको शाख एकपल्ट फेरि गुमेको छ भने सयौं यात्रु समस्यामा परेका छन्,' निगमका अधिकारीहरू नै भन्छन्।




‘आम्दानी गुम्नु सामान्य हो।'

एउटा जहाज ग्राउन्डेड भएपछि निगमको पाँच दशक लामो अन्तर्राष्ट्रिय ‘प्रतिष्ठा र विश्वसनियता' एक पटक फेरि गुमेको छ। पटक-पटक जहाज उडान ढिलो र उडिसकेको जहाज बीचैमा बिग्रिएर समस्या खेप्दै आएको निगममा अन्तर्राष्ट्रिय उडान गर्ने दुई जहाजमध्ये एउटा ग्राउन्डेड भएपछि उसको विश्वसनियता गुमेको हो।

 

‘निगमले सातामा २२ उडान गर्थ्यो। यो अब ११ मा झरेको छ,' निगमका कमर्सियल डाइरेक्टर सरोज कसजुले बिहीबार नागरिकसँग भने।

उनका अनुसार दिल्लीको दैनिक एक उडान कटौती गरिएको छ। त्यसै गरी क्वालालम्पुर सातामा ६ बाट कटौती गरी ४, बैंकक ३ बाट २ र दुबई-दोहा ३ बाट २ मा झारिएको छ। हङकङ उडान यथावत् राखिएको छ। ‘यो सिजनमा बुकिङ पनि कम थियो,' उनले भने।

 

ल्यान्डिङ गियरमा समस्या आएका कारण एसिबी ग्राउन्डेड गरिएको निगमका नायबमहाप्रबन्धक राजुबहादुर केसीले बताए। ‘हाम्रो जहाजबाट यात्रा गर्न टिकट बुकिङ गरेका यात्रुलाई अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजमा पठाउने व्यवस्था मिलाएका छौं,' उनले भने, ‘ती यात्रुलाई इन्डियन एयरलाइन्स, जेट एयरवेज र थाइ एयरवेजमा पठाएका छौं।'

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड उक्त जहाजको ल्यान्डिङ गियर चर्केको छ। गत शनिबार दोहाबाट आएको जहाज अवतरणपछि निरीक्षण गर्ने क्रममा गियर चर्केको पत्ता लागेको इन्जिनियरिङ डाइरेक्टर बिएन झाले जानकारी दिए। ‘यो गम्भीर समस्या हो,' उनले भने, ‘गियर नै फेर्नुपर्छ।'

 

गियर फेर्न ३ लाख अमेरिकी डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको उनले बताए। गियरमा समस्या आएपछि निगमको जहाज मर्मतसम्भार गर्ने आधिकारिक कम्पनी इजरायलको एलाल एयरलाइन्सका चारजना प्राविधिक बोलाइएको थियो। तर, उनीहरूले पनि बनाउन नसकेर फिर्ता गएको झाले बताए।

 

उनका अनुसार निगमसँग जगेडा ल्यान्डिङ गियर नभएपछि क्यानडाका एआर क्यानडा र बिएफ गुडरिच लगायत पार्टपुर्जा निर्माता कम्पनीसँग खरिद गर्ने तयारी भएको छ। एआर क्यानडासँग निगमले वर्षौंदेखि पार्टपुर्जा खरिद गर्दै आएको छ। ल्यान्डिङ गियर प्रत्येक १० वर्षमा फेर्नुपर्छ। तर, अहिले बिग्रिंएको गियर दुई वर्षअघि मात्र फेरिएको झाले बताए।

 

‘के कारण गियरमा समस्या आएको हो, हामी परीक्षण गर्दैछौं,' झाले भने, ‘गियर जडान गर्न दुई साताभन्दा बढी अवधि लाग्न सक्छ।' साना पुर्जा तुरुन्त पाउन सकिने तर, ठूलो भएकाले सहजै पाउन गाह्रो हुने उनले बताए। खर्च रकम र जडान अवधि बढ्न सक्ने उनले जानकारी दिए। यस्ता गियर निर्माता वा इन्जिन ओभरअल गर्ने कम्पनीसँग मात्र हुन्छ।
सामान्यतया जहाज सञ्चालकसँग यस्ता गियर जगेडा हुँदैन।

 

जहाज ग्राउन्डेड भएपछि निगम व्यवस्थापनले दुई सातासम्म अर्को एउटा जहाजबाट मात्र अन्तर्राष्ट्रिय उडान गर्ने तालिका बनाएको छ। ‘दुई साता एउटामात्र जहाजबाट उडान गर्दा करिब ३ करोड रुपैयाँ घाटा हुन्छ,' निगमका फाइनान्स डाइरेक्टर माणिकमान वज्राचार्यले भने, ‘कम आम्दानी हुने सेक्टरमा उडान कटौती गरेकाले घाटा कम हुने अनुमान छ।'

 

उनका अनुसार प्रतिउडान करिब ९ हजार डलर खर्च लाग्छ। यहाँबाट दिल्ली जाँदा १ सय ९० सिटको जहाजमा १ सय ५० जनासम्म यात्रु हुने गरेका छन्। तर, उताबाट आउँदा ३० देखि ४० सिटमात्र भरिने गरेको छ। ‘दिल्ली घाटा भएकै सेक्टर हो,' उनले भने, ‘त्यही भएर दिल्लीकै सबै उडान कटौती गरेका हौं।' बैंकक सेक्टरमा पनि यात्रु कम रहेको उनले बताए।

 

अहिले ग्राउन्डेड भएको जहाज गत वर्ष वैशाखमा इन्जिनको उडान अवधि सकिएपछि ओभरअल गर्न १० दिनका लागि ग्राउन्डेड भएको थियो। दुईवटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमले त्यसबेला पनि आधा उडान कटौती गरेको थियो।

 

दुई दशक पुराना दुई जहाजबाट निगमले नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, दोहा र क्वालालम्पुर सेक्टरमा उडान गरिरहेको छ। दोहाका लागि भने दुबईबाट कनेक्टिङ उडान गरिरहेको हो। उसले दुवै जहाज सञ्चालन गर्दा प्रतिसाता ५ हजार ५ सय यात्रु बोक्ने गर्छ।

 

अहिले थन्किएको जहाज गत वर्ष साउनमा पनि दुई सातासम्म पुनः ग्राउन्डेड भएको थियो। जहाज ग्राउन्डेड भएपछि त्यसमा यात्रा गर्ने तयारीमा रहेका करिब १ हजार ८ सय स्वदेशी तथा विदेशी यात्रु अन्य वायुसेवा कम्पनीका जहाजमा जान बाध्य भएका थिए।

 

त्रिभुवन विमानस्थलबाट ४० यात्रु लिएर दिल्ली उडेको जहाजको बायाँ इन्जिनमा अचानक समस्या आएपछि करिब २० मिनेटमै फिर्ता भएको थियो। इन्जिनको तापक्रम चाहिनेभन्दा बढी भएपछि जहाज फिर्ता भएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस