काठमाडौं, असोज ११ (नागरिक)- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ महिना 'ग्राउन्डेड' भएको नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाजले आइतबारबाट पुनः उडान सुरु गरेको छ।
निगमको बोइङ ७५७ ९एन एसिबीको 'ल्यान्डिङ गियर' मा गम्भीर समस्या आएपछि विमानस्थलमा ग्राउन्डेड भएको थियो। दोहाबाट गत साउन २७ मा आएको उक्त जहाज परीक्षण गर्दा समस्या पत्ता लागेको थियो।
'एसिबीले उडान सुचारु गरेको छ,' निगमका नायब महाप्रबन्धक राजुबहादुर केसीले आइतबार नागरिकसँग भने, 'पहिलो उडान नयाँदिल्ली गर्यो।' एसिबीले यहाँबाट जाँदा ७८ र दिल्लीबाट फर्कंदा १ सय ९ यात्रु लिएर आएको उनले जानकारी दिए। निगमका अन्तर्राष्ट्रिय उडान गर्ने दुवै जहाज १ सय ९० सिट क्षमताका हुन्।
यसअघि दुवै जहाज सञ्चालनमा हुँदा सातामा २१ उडान गरिरहेको निगमले हाल दुई उडान थपेर २३ बनाएको छ। अहिले क्वालालम्पुर सेक्टरमा दुई उडान थपेर सातामा ६ पुर्याएको छ। निगमको यो सबैभन्दा व्यस्त सेक्टर हो। यो सेक्टरमा उसको यात्रु भराइ दर (अकुपेन्सी) लगभग सतप्रतिशत हुने गरेको छ।
त्यसै गरी निगमले दिल्ली दैनिक एक, हङकङ र बैंकक सातामा तीन तथा दुबई-दोहा चार उडान गरिरहेको छ। दुबईबाट दोहाका लागि कनेक्टिङ उडान गरिरहेको छ। 'पर्यटकीय मौसम सुरुवात र दसैं-तिहारका कारण अकुपेन्सी उल्लेख्य रूपमा बढिरहेको छ,' केसीले भने, 'हाम्रो औसत अकुपेन्सी अहिले करिब ८० प्रतिशत छ।'
एसिबी ग्राउन्डेड भएपछि निगमले दिल्लीका सबै उडान बन्द गरेको थियो। दिल्लीलाई दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा व्यस्त सेक्टर मानिन्छ। त्यसै गरी आफ्ना सबै सेक्टरमा ५० प्रतिशत उडान कटौती गरेको थियो। डेढ महिना एउटा जहाज ग्राउन्डेड हुँदा निगमले करोडौं आम्दानी गुमाएको सम्बद्ध एक अधिकारीले जानकारी दिए।
प्रत्येक १० वर्षमा फेर्नुपर्ने भए पनि नयाँ जडान गरेको दुई वर्षमै गियर चर्केपछि निगमले करोडौं खर्च गर्नुपरेको छ। सुरुमा २ करोड २५ लाख रुपैयाँजति खर्च लाग्ने अनुमान गरेको निगम व्यवस्थापनले अन्तिममा आएर गियरलाई मात्र ८ लाख २० हजार अमेरिकी डलर (६ करोड १५ लाख रुपैयाँ) खर्च गरेको छ। यसबाहेक गियर ल्याउन जहाजको कार्गो भाडा ३५ हजार डलर (२६ लाख २५ हजार रुपैयाँ) र भन्सार शुल्क करिब १ करोड रुपैयाँ तिरेको सम्बद्ध अधिकारीले जानकारी दिए।
समय अगावै जहाजको दायाँ भागको गियर चर्किएर बिग्रिएपछि निगमले गियरको वारेन्टी र बिमा दाबी गरी सम्बद्ध कम्पनीमा निवेदन दिएको छ। तर, दाबीअनुसार क्षतिपूर्ति पाउने/नपाउने निश्चित छैन।
अहिले फेरिएको नयाँ गियर निगमले वर्षौंदेखि पार्टपूर्जा किन्ने अमेरिकाको एएआर कम्पनीसँग किनेको हो। उक्त कम्पनीलार्ई समयअगावै गियर चर्किएको बारेमा बताए पनि समयमै मर्मतसम्भार नगरेका कारण त्यस्तो समस्या आएको र सामानमा खराबी नआएको जानकारी उसले दिएको स्रोतले बतयो। उसलाई गियर साटफेर गर्न आग्रह गरिए पनि अस्वीकार गरेको थियो।
भदौ ३० मा गियर काठमाडौं ल्याइए पनि जडान गर्न ११ दिन लागेको थियो। ६ दिनभित्र जडान गर्ने बताइएको थियो। निगमका जहाज मर्मतसम्भार इजरायलको राष्ट्रिय ध्वजावाहक एलाल एयरलाइन्सले गर्छ। एलालबाट आएका पाँच प्राविधिकले यहाँ थन्किएको जहाजमा नयाँ गियर जडान गरेका थिए।
दुई दशक पुराना दुई जहाजबाट निगमले नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, दोहा र क्वालालम्पुर सेक्टरमा उडान गरिरहेको छ। उसले दुवै जहाज सञ्चालन गर्दा प्रतिसाता करिब ६ हजार ३ सय यात्रु बोक्ने गर्छ।