बोइङ जहाज बेच्न फेरि ग्लोबल टेन्डर आह्वान
१८ जेष्ठ २०७४
•
७ मिनेट पाठ
बोइङ जहाज बेच्न फेरि ग्लोबल टेन्डर आह्वान
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न पुनः 'ग्लोबल टेन्डर' आह्वान गरेको छ। निगमको 'बि७५७–२००' सिरिजको एकथान जहाज एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ। '९एन–एसिए' कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो। यसको नाम 'कर्णाली' हो।

'बोइङ एसिए जहाज बिक्री गर्न दोस्रो पटक ग्लोबल टेन्डर आह्वान गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, 'यो जहाजको न्यूनतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर (१७ करोड १० लाख रुपैयाँ) तोकेका छौं।'

उनका अनुसार कुनै पनि व्यक्ति, फर्म, संघसंस्था वा कम्पनी ग्लोबल टेन्डरमा सहभागी हुन पाउँछन्। पहिलो पटक सार्वजनिक गरिएको टेन्डर भर्ने अन्तिम म्याद जेठ १० सम्म थियो भने अहिलेका लागि जेठ २९ सम्म म्याद दिइएको छ। जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिने छ। 'यसअघि एउटा पनि आवेदन नपरेपछि फेरि टेन्डर मागेका हौं,' उनले भने, 'जसले सबैभन्दा बढी रकम कबोल गर्छ, उसैले जहाज पाउने छ।'

निगमका अनुसार यो जहाजमा 'आरबी२११–५३५इ४' मोडेलका दुईथान इन्जिन छन्। टेन्डरमा सहभागी हुन चाहनेले त्रिभुवन विमानस्थलस्थित निगमको ह्यांगरमा गएर जहाज निरिक्षण गर्न सक्नेछन्। सहभागी हुने व्यक्ति वा कम्पनी आफूले जति मूल्यमा जहाज खरिद गर्न चाहेको हो, त्यसको ५ प्रतिशत हिमालयन बैंकस्थित निगमको अमेरिकी डलर खातामा जम्मा गर्नुपर्ने छ। 'पहिलो पटक टेन्डर आह्वान गर्दा आवेदनै नपरे पनि केही विदेशी कम्पनीले इमेल र टेलिफोनबाट अनौपचारिक छलफल भने गरेका थिए,' श्रेष्ठले भने।

निगमले यसरी जहाज बिक्री गर्न लागेको यो पहिलो पटक भने होइन। यसअघि साढे दुई दशकअघि उसले १ सय २३ सिट क्षमतायुक्त दुईथान 'बि७२७' सिरिजका जहाज बेचेको थियो। ती जहाज पनि बोइङमै उत्पादन भएका थिए।

निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो। यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि 'बनाउनभन्दा बेच्न फाइदा' भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो।

त्यसपछि निगम व्यवस्थापनले अमेरिकाको फिनटेक नामको कम्पनीलाई यो जहाजको मूल्यांकन गरी प्रतिवेदन पेस गर्न सशुल्क काम लगाएको थियो। फिनटेकले एसिए जहाजको अधिकतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर हुने प्रतिवेदन पेस गरेको थियो। त्यही प्रतिवेदन निगम सञ्चालक समितिमा पेस गरिएको थियो। समितिले तीन महिनाअघि प्रतिवेदन अध्ययन गरी जहाज बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो।

निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ। निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे। तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो।

त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो। अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन्। पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन। 

निगमले तीन दशकअघि बि७५७ सिरिजका दुईथान जहाज खरिद गर्दा खाडी मुलुकका कुनै पनि वायुसेवा कम्पनीसँग यसखालका आधुनिक जहाज थिएनन्। निगमले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान सुरु गर्दा बि७५७ जहाज लिएर गएको र नयाँ जहाज हेर्न त्यहाँका सरकारी उच्च अधिकारीको विमानस्थलमा बाक्लो उपस्थिति रहेको निगमका पुराना कर्मचारीसँग अनुभव छ।

यी जहाजबाट निगमले छोटो दुरी (सर्ट हल) देखि लामो दुरी (लङ हल) गन्तव्यमा उडान गरेको थियो। सर्ट हलमा भारतको नयाँदिल्ली, कोलकाता, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, कतारको दोहा, युएईको दुबईलगायत गन्तव्यमा उड्थे भने लङ हलतर्फ बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ््रयांकफर्ट, जापानको ओसाका, चीनको सांघाईसम्म जाने गरेका थिए।

बोइङले सन् १९८१ बाट बि७५७ सिरिजको जहाज उत्पादन सुरु गरेको थियो। त्यसको ६ वर्षपछि निगमले पहिलो र आठ वर्षपछि १९८९ मा दोस्रो जहाज खरिद गरेको थियो। यस्ता जहाज बोइङले २००४ बाट उत्पादन गर्न बन्द गरेको थियो।
अर्को समाचार
न्यूनतम १७ करोडमा बोइङ बेच्न ग्लोबल टेन्डर आह्वान
२९ चैत्र २०७३
•
७ मिनेट पाठ
न्यूनतम १७ करोडमा बोइङ बेच्न ग्लोबल टेन्डर आह्वान
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न 'ग्लोबल टेन्डर' आह्वान गरेको छ।

निगमको 'बि७५७–२००' सिरिजको यो जहाज करिब एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ। '९एन–एसिए' कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो। यसको नाम कर्णाली हो।

'बोइङ एसिए जहाज बिक्री गर्न ग्लोबल टेन्डर आह्वान गरेका छौं,' निगमका कर्पोरेड डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले सोमबार नागरिकसँग भने, 'यो जहाजको न्यूनतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर (१७ करोड १० लाख रुपैयाँ) तोकेका छौं।'

उनका अनुसार कुनै पनि व्यक्ति, फर्म, संघसंस्था वा कम्पनी ग्लोबल टेन्डरमा सहभागी हुन पाउँछन्। सोमबार सार्वजनिक गरिएको टेन्डर भर्ने अन्तिम म्याद आगामी २०७४ जेठ १० सम्म रहेको छ। जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिने छ। 'डेढ महिनासम्म टेन्डर भर्न पाइन्छ र यो जहाज खरिद गर्न धेरैले चासो दिने विश्वास छ,' उनले भने, 'जसले सबैभन्दा बढी रकम कबोल गर्छ, उसैले जहाज पाउने छ।'

निगमका अनुसार यो जहाजमा 'आरबी२११–५३५इ४' मोडेलका दुईथान इन्जिन छन्। टेन्डरमा सहभागी हुन चाहनेले त्रिभुवन विमानस्थलस्थित निगमको ह्यांगरमा गएर जहाज निरिक्षण गर्न सक्नेछन्। सहभागी हुने व्यक्ति वा कम्पनी आफूले जति मूल्यमा जहाज खरिद गर्न चाहेको हो, त्यसको ५ प्रतिशत हिमालयन बैंकस्थित निगमको अमेरिकी डलर खातामा जम्मा गर्नुपर्ने छ।

निगमले यसरी जहाज बिक्री गर्न लागेको यो पहिलो पटक भने होइन। यसअघि साढे दुई दशकअघि उसले १ सय २३ सिट क्षमतायुक्त दुईथान 'बि७२७' सिरिजका जहाज बेचेको थियो। ती जहाज पनि बोइङमै उत्पादन भएका थिए।

निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो। यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि 'बनाउनभन्दा बेच्न फाइदा' भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो।

त्यसपछि निगम व्यवस्थापनले अमेरिकाको फिनटेक नामको कम्पनीलाई यो जहाजको मूल्यांकन गरी प्रतिवेदन पेस गर्न सशुल्क काम लगाएको थियो। फिनटेकले एसिए जहाजको अधिकतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर हुने प्रतिवेदन पेस गरेको थियो। त्यही प्रतिवेदन निगम सञ्चालक समितिमा पेस गरिएको थियो। समितिले दुई महिनाअघि प्रतिवेदन अध्ययन गरी जहाज बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो।

त्यसपछि निगम व्यवस्थापनले सोमबार ग्लोबल टेन्डर आह्वान गरेको हो। निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ। निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे। तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो।

त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो। अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन्। पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन। 

निगमले तीन दशकअघि बि७५७ सिरिजका दुईथान जहाज खरिद गर्दा खाडी मुलुकका कुनै पनि वायुसेवा कम्पनीसँग यसखालका आधुनिक जहाज थिएनन्। निगमले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान सुरु गर्दा बि७५७ जहाज लिएर गएको र नयाँ जहाज हेर्न त्यहाँका सरकारी उच्च अधिकारीको विमानस्थलमा बाक्लो उपस्थिति रहेको निगमका पुराना कर्मचारीसँग अनुभव छ।

यी जहाजबाट निगमले छोटो दुरी (सर्ट हल) देखि लामो दुरी (लङ हल) गन्तव्यमा उडान गरेको थियो। सर्ट हलमा भारतको नयाँदिल्ली, कोलकाता, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, कतारको दोहा, युएईको दुबईलगायत गन्तव्यमा उड्थे भने लङ हलतर्फ बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ््रयांकफर्ट, जापानको ओसाका, चीनको सांघाईसम्म जाने गरेका थिए।

बोइङले सन् १९८१ बाट बि७५७ सिरिजको जहाज उत्पादन सुरु गरेको थियो। त्यसको ६ वर्षपछि निगमले पहिलो र आठ वर्षपछि १९८९ मा दोस्रो जहाज खरिद गरेको थियो। यस्ता जहाज बोइङले २००४ बाट उत्पादन गर्न बन्द गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस