गएको वर्षाले उदयपुर र खोटाङबीचको फोक्सिन्टारस्थित सुन नदीको मोटरेबल पक्की पुल भत्काएपछि अवरुद्ध भएको यातायात सम्बन्ध जोड्न बेलिब्रीज निर्माण गर्न लागिएको छ।
सदरमुकाम गाईघाटदेखि लिमचुङबुङको बाराहातर्फ जाँदै गरेको बा १ च ३२६७ नं. को बोलेरो सोमबार मध्यान्ह १२ः०० बजे दुर्घटना भएको थियो। दुर्घटनामा चालकको मृत्यु भएको हो।
बेलायती पूर्व सैनिकहरको सँस्था बृटिश गोर्खा कल्याणकारी संघ (बृटिश गोर्खा वेलफेयर) नेपालले खोटाङको साकेलास्थित एक विद्यालयलाई करोडौँको भवन निर्माण गरिदिने भएको छ। वेल