खोटाङका दक्षिणीभेगका दुई स्थानीय तह बाराहापोखरी र जन्तेढुङ्गा गाउँपालिका पक्की पुलले जोडिने भएका छन् । सीमानामा रहेको बुँवा खोलामा मोटरेबल पक्की पुल बन्ने भएपछि दुई स्थानीय तहलाई सडकले जोड्ने भएको हो ।
बुँवा खोलामा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पुल बनाउने गरी काम सुरु गरिसकेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले शिल्यान्यास गरेसँगै पुल बनाउने कामले गति लिएको छ ।
जन्तेढुङ्गा १ देवीस्थानस्थित मैनाटार र बाराहपोखरी ५ को पौवासेरा बीचमा पर्ने उक्त खोलामा पुल निर्माण गर्ने ठेक्का सम्झौता गत वैशाख ३० गते भएको थियो । प्रादेशिक सडक पुल सहयोग एकाई, इटहरीमार्फत पूर्वाधार विकास कार्यालय उदयपुरको रेखदेखमा पुल निर्माण कार्य थालिएको हो ।
मूल्य अभिवृद्धि कर (भ्याट) र पिएससहित १७ करोड ५८ लाख ७९ हजार ७ सय २९ रुपैयाँको लागतमा निर्माण सुरु भएको पुल जय बागेश्वरी/रेग्मी/चुरिया जेभी उदयपुरले ठेक्का पाएको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख (डिई) ललितकुमार चौधरीका अनुसार सम्झौता अगाडि भए पनि काम भने सिल्यान्यास गरेपछि मात्र सुरु भएको छ ।
डिई चौधरीका अनुसार खोटाङको चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामिण सडक खण्डको बुँवा खोला पुल १ सय ४८ मिटर लामो बन्ने प्राविधिक इस्टीमेट रहेको छ । पुलका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष नै बजेट विनियोजन गरेर काम सुरु गरेको डिई चौधरीको भनाई छ ।
‘प्रि–स्ट्रेस्ड आरसिसी’ प्रविधिको पुल आगामी २०८३ कात्तिक २१ गतेभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने सम्झौता भएको छ । पुल निर्धारित समयभित्रै निर्माण सकेर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई आवश्यक निर्देशन दिइसकिएको पनि डिई चौधरीले बताएका छन् ।
जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले त्यहाँ पुल नहुँदा सदरमुकाम दिक्तेल आउजाउ गर्नसमेत समस्या रहेको बताईन् । त्यहाँ पुल अभावमा हरेक वर्षायाममा गाउँपालिकाबासीलाई आउजाउ गर्नदेखि सदरमुकाम दिक्तेल जान आउनसमेत समस्या रहेको उनी बताउँछिन् । जिल्ला सासद भूपेन्द राई प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भएपछि पुल निर्माणमा थप सहज भएको अध्यक्ष राईले बताईन् ।
बाराहाखोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले त्यहाँ पुल बने दिक्तेल आउजाउ गर्न र छिमेकी गाउँपालिकासँगको सोझो यातायात सम्पर्क स्थापित हुने हुँदा कृषि उपज र शिक्षा स्वास्थ्य सेवामा पनि सहज हुने बताए ।
सो पुल बनेमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि खोटेहाङ गाउँपालिका केन्द्र खोटाङ बजार हुँदै ऐतिहासिक तथा धार्मिकस्थल बाराहापाखेरीलगायत जिल्लाको दक्षिणी भेग यातायातले जोडिने छ । दिक्तेल–चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडक खण्डको मुख्य नाका मानिएको सो पुल समयमै निर्माण सम्पन्न गर्ने गरी काम गर्न स्थानीयले आग्रह गरेका छन् ।