उदयपुरको कटारी नगरपालिका १ खसीबासस्थित जगदेश्वरी गुफामा सडक पहुँच पुगेको छ। नगरपालिकाको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत गुफासम्म जाने कच्ची सडक खनेर आउजाउमा सहज बनाइएको हो।
वर्षौँअघि पत्ता लागेको जगदेश्वरी गुफा सडक अभावमा जान आउन असहज थियो। स्थानीयले पटक पटक सरकारसँग सडक निर्माणका लागि आग्रह गरे पनि बजेट नपाएका कारण गुफा ओझेलमा पर्दै आएको थियो। चालु वर्ष नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक खनेपछि आउजाउमा सजिलो भएको हो।
उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर तामाङले कटारी १ को यो धार्मिक स्थल जगदेश्वरी गुफा जाने बाटो निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ लाख १८ हजार खर्च भएको बताए। त्यसमा वडा कार्यालयबाट १ लाख लगानी थपेर गुफा जाने बाटोको देउरालीसम्म सडक निर्माण भएको छ।
भर्खरै सम्पन्न बाला चतुर्दशीलाई मध्यनजर गर्दै सडक निर्माण गरिएको अध्यक्ष तामाङले बताए। सडक बनेपछि गत १५ गते परेको यस वर्षको वालाचर्तुदर्शीको अवसरमा पूजा आराधना गर्न भक्तजनलाई गुफा जान आउन सहज भएको बाला चतुर्दशी मेला व्यवस्थापन समितिका संयोजकसमेत रहेका तामाङले बताए। सडक नहुँदा सधैँ पैदल यात्रा गरेर गुफा आउजाउ गर्ने भक्तजनहरूलाई यो वर्ष बाटो बनेपछि मोटरसाईकल र साना सवारी साधनमा देउरालीसम्म पुग्न सहज भएको थियो । देउरालीबाट भने आधा घण्टा पैदल हिँडेपछि गुफा पुगिन्छ।
सडक नहुँदा यसअघि खसीबासदेखि डेढ घण्टा पैदल हिँडेर गुफा पुग्नुपर्ने बाध्यता थियो। बाटो बनेपछि यो वर्षको बालाचर्तुदशी मेला भर्न कटारी नगर बासीका साथै सप्तरी, सिराहा र सिन्धुलीबाटसमेत भक्तजनहरु गुफा आएको स्थानीयले बताएका छन्।
सडक निर्माण हुनुका साथै खसीबासदेखि प्राकृतिक सुन्दरताले भरिएको जगदेश्वरी गुफा आसपास खोला खहरेहरूमा स्थानीयले श्रमदानमार्फत काठको साँघु (फड्के) पनि निर्माण गरेका छन्।