२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दिनेशमाथि भुवनको फराकिलो अग्रता

भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा तेस्रो दिन दिनेश प्रजापतिमाथि ६ स्ट्रोकको अग्रता बनाएका छन्।

काठमाडौं ओपन सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सातौं प्रतियोगिता हो। डिफेन्डिङ च्याम्पियन भुवनले बिहीबार उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानका दिनेशमाथि फराकिलो अग्रता लिएका हुन्। भुवनले पाँच अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो दिनको खेल पूरा गरे। यससँगै उनी समग्रमा सात अन्डर १९७ को स्कोर कार्डमा रहे। दोस्रो दिन संयुक्त रूपमा शीर्षमा रहेका दिनेशले भने बिहीबार एक ओभर ६९ को खराब प्रदर्शन गरे। उनी समग्रमा एक अन्डर २०३ स्कोरसहित दोस्रोमा झरे।

तोरणविक्रम शाही र नीरज तामाङ तेस्रो स्थानमा छन्। यी दुईले समग्रमा इभन पार २०७ को कार्ड बटुले। तोरणले दिनकै उत्कृष्ट प्रदर्शन गरे। यस क्रममा उनले सात अन्डर ६१ मा रहेर तेस्रो दिनको खेल सकाए। नीरजको प्रदर्शन एक अन्डर ६७ को रह्यो। धनबहादुर थापा र सञ्जय लामा संयुक्त रूपमा पाँचौं स्थानमा छन्। यी दुईको समग्रमा समान दुई ओभर २०६ को कार्ड छ। तेस्रो दिन धनले दुई अन्डर ६६ र सञ्जयले इभन पार ६८ मा खेल सकाए। सुवास तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्त रूपमा सातौं स्थान बाँडे।

यी तीनै समग्रमा तीन ओभर २०७ को कार्डमा छन्। बिहीबार सुवासले इभन पार ६८, जयरामले एक ओभर ६९ र रविले तीन ओभर ७१ मा खेल सकाए। एमेच्योरतर्पm सद्भाव आचार्य शीर्ष स्थानमा उक्लिएका छन्। तेस्रो दिन टासी छिरिङले खराब प्रदर्शन गरेपछि सद्भावले शीर्षमा उक्लिने अवसर पाएका हुन्। सद्भावले टासीमाथि पाँच स्ट्रोकको अग्रता लिएका छन्। सद्भाव समग्रमा  

६ ओभर २१० को स्कोरमा छन्। सद्भावले तीन ओभर ७१ खेले। तेस्रो दिन ९ ओभर ७७ को खराब प्रदर्शन गरेपछि टासी दोस्रो स्थानमा झरेका हुन्।

उनी समग्रमा ११ ओभर २१५ को कार्डमा छन्। राहुल विश्वकर्मा समग्रमा २३ ओभर २२७ सहित तेस्रो स्थानमा छन्। तेस्रो दिन उनको पनि सात ओभर ७५ को प्रदर्शन रह्यो। विजेताले एक लाख २० हजार, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ८२ हजार र ६६ हजार रूपैयाँ पाउनेछन्। चौथोले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्। प्रतियोगितामा शीर्ष २१ भित्र अटाउने गल्फरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८१ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App