१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा राँगाभैंसी निषेधको तयारी

काठमाडौं- काठमाडौं महानगरपालिकाको अग्रसरतामा उपत्यकाका उप–महानगरपालिका, नगरपालिका र गाविसको सहभागितामा बढ्दै गएको प्रदूषण घटाउन र स्वस्थ्य तथा गुणस्तरीय मासु उपलब्ध गराउन उपत्यकामा राँगाभैंसी ल्याउन प्रतिबन्ध लगाउने भएको छ। तीनबर्से योजना बनाएर जीवित राँगाभैंसीको साटो प्रशोधित मासु भिœयाउने तयारी गरेको हो।

राँगाभैंसीको हाड तथा लादीबाट हुने फोहर र दुर्गन्धले प्रदूषण बढाएको तथा उपत्यकामा व्यवस्थित वधशाला नहुँदा सर्वसाधारणले स्वस्थ्य र गुणस्तरीय मासु उपभोग गर्न नपाएकाले जिउँदा राँगाभैंसी उपत्यका भिœयाउन प्रतिबन्ध लगाइने महानगरले जनाएको छ। महानगरका अनुसार उपत्यका बाहिर नै वधशाला स्थापना गरी तयारी मासु भिœयाइने छ। यसका लागि महानगरले आवश्यक सहयोग कार्यविधि बनाएर स्थानीय विकास मन्त्रालयमार्फत् अर्थ मन्त्रालय र पशुपंक्षी मन्त्रालय पठाउने तयारी गरिरहेको छ। 'महानगरले उपत्यकामा राँगाभैंसी नभिœयाउन कार्यविधि तयार गरेको छ,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'सम्बन्धित मन्त्रालयले कार्यविधिमा सहमति जनाएपछि काम थालिनेछ।'

वधशालामा उत्पादित मासु उपत्यका ढुवानी गर्न आवश्यक एसीजडित ठूलो सवारीसाधन र उपत्यकाभित्र वितरण गर्न एसीजडित सानो सवारीसाधन खरिदको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयसँग आग्रह गरिने महानगरका सहरी स्वास्थ्य प्रमुख हरिकुमार श्रेष्ठले बताए। सुविधासम्पन्न सवारीसाधनले मासु ढुवानी गरिनेछ भने भण्डारका लागि शीतघर पनि निर्माण गरिनेछ।

'अहिले उपत्यका बाहिर ८ वटा वधशाला भए पनि ती बन्दजस्तै छन्,' श्रेष्ठले भने, 'सुरुमा अहिलेका वधशाला नै मर्मत गरेर काम चलाइनेछ। चुनौती भनेको एसीजडित सवारीसाधन खरिद गर्नु नै हो।' श्रेष्ठका अनुसार मासु व्यवसायीसँग पनि छलफल भएकाले उनीहरू पनि यसमा सहमत भएका छन्। राँगाभैंसी नभित्र्याउन तीन वर्षिय कार्यविधि बनाएर महानगर अग्रसर छ। उपत्यकामा पालिने राँगाभैंसी भने पाल्न दिइने तथा चाडपर्वलगायत बलि दिने बेला काट्न पनि दिइने जनाएको छ।

अहिले तराईबाट ट्रकमा राँगाभैंसी ल्याई उपत्यकामा खुला स्थानमा वध गरिन्छ। '३ सय किलोको राँगा काट्दा सय किलो मासु र बाँकी सबै फोहर निस्कन्छ,' श्रेष्ठले भने, 'राँगाभैंसी ल्याउन रोकेपछि महानगरमा फोहरको मात्रा पनि घट्छ।' काठमाडौं उपत्यकामा दैनिक करिब ७ सय राँगा, १ हजार ५ सय खसीबोका, ७ हजार किलो कुखुरा, १ सय ५० वटा बंगुर र ७ सय किलो माछा खपत हुने गरेको महानगरले जनाएको छ। बाहिरबाट दैनिक ७ सय जिउँदो राँगा भित्रिँदा उपत्यकामा दैनिक हजारौं टन फोहर राँगाभैंसीबाट उत्पादन हुने महानगरको दाबी छ।

सरकारले पशु वधशाला तथा मासु जाँच ऐन २०५५ मा ल्याए पनि कार्यान्वयन भएको छैन। उपत्यकामा राँगाभैंसी भिœयाउन रोक्ने महानगरको अभियानमा सबै सरोकारवाला एकजुट हुनुपर्ने महानगरले जनाएको छ।

वधशालाबाट उत्पादित मासु उपत्यकामा भित्र्याउँदा महानगरले पशुजाँच गरी स्वस्थ पशु मात्रै काट्न दिने, ह्याप्पी एनिमल कन्सेप्ट प्रयोग गर्ने र मासु जाँच गरेर मात्रै उपत्यका भिœयाउने व्यवस्था स्थापित हुँदा उपभोक्ताले स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न जनाएको छ।

प्रकाशित: १३ असार २०७३ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App