२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ढोलाहिटी हत्या घटनामा संलग्नमध्ये २ जना पुर्पक्षका लागि जेल चलान

ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।

फागू पूर्णिमाको राति ढोलाहिटीमा २ जना युवकको हत्या भएको घटनामा ढोलाहिटीको डी–पोपिना होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भएका ३१ वर्षीय विजय राई र तेह्रथुमको म्याङ्लुङ नगरपालिका–८ घर भएका ३२ वर्षीय राजु गुरुङलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो।

बिहीवार ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको इजलासले मुद्दा चलाइएका मध्ये २ जनालाई पुर्पक्षमा कारागार चलानका साथै ३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ घर भई ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई भने ५/५ लाख धरौटीमा अनि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राईलाई भने ७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

फागू पूर्णिमाको राति ढोलाहिटीको डी–पोपिना होटलमा मदिरा खाने २ समूहबीच झडप हुँदा ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेवश राई र सुनसरी घर भएका ३० वर्षीय पूजन राईको हत्या भएको थियो।

प्रकाशित: १४ वैशाख २०८१ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App