२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आईपीएलमा आज कमजोर पञ्जाब बलियो कोलकोत्ताको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज पञ्जाब किङ्ग्स र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुँदैछ।

कोलकोत्ताको इडन गार्डेनमा हुने आजको खेल साँझ ७ः ४५ बजेबाट सुरु हुनेछ।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताले हालसम्म खेलेको ७ मध्ये ५ खेलमा जित हात पारेको छ। र, अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने शिखर धवनको कप्तानीमा रहेको पञ्जाबले ८ खेलमध्ये जम्मा २ मा जित हात पारेको छ। र, अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा पनि पञ्जाबका कप्तान धवनले खेल्ने सम्भावना न्यून रहेको छ। चोटका कारण अस्वस्थ रहेका उनी आज पनि मैदानमा नआउने भएका हुन्। उनको साटो स्याम करनले कप्तानीको कमान सम्हाल्ने छन्।

आजको खेलमा कोलकोत्ताका सुनिल नरेन, फिल साल्ट, वरुण चक्रवर्ती अनि पञ्जाबका लियम लिभिङ्स्टोन, स्याम करन, हर्सल पटेलमाथि नजर रहने छ।

प्रकाशित: १४ वैशाख २०८१ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App