१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रसकन्ट्रीमा २ सय सहभागी हुने

काठमाडौं – दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस आइतबार नुवाकोटमा हुने भएको छ।

युवा तथा महिला समूह झिल्टुङ र कोल्पुटारले आइतबार नुवाकोटको कोल्पुटार, बेल्कोट गढीमा दौड प्रतियोगिता गर्ने बुधबार पत्रकार सम्मेलनमा जानकारी गरायो। 

प्रतियोगितामा १ सय ५० देखि २ दुई सय खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक रघु वन्तले बताए। ‘क्रस कन्ट्रीलाई राष्ट्रव्यापी बनाउँदै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,’ संयोजक वन्तले भने, ‘आउँदो पाँच वर्षमा यो प्रतियोगितालाई व्यापक बनाउनेछांै। काठमाडौंका खेलाडीलाई मात्र नभई देशैभरि छरिएर रहेका खेलाडी सहभागी हुने वातावरण बनाउँछाै‌।’

१३.४ किलोमिटर दूरीको प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, राजोदर, खड्काछाप, माझगाउँ, लामाचौर रुट हुँदै कोल्पुटारमा नै आएर समाप्त हुनेछ। महिला र पुरुष दुवै स्पर्धामा हुने दौडका विजेताले नगद १५ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै, दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं हुनेले पनि क्रमशः १० हजार, ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

सोही दिन क्रस कन्ट्री रन फर फनका लागि पनि ४.५ किलोमिटर दूरीमा दौड हुनेछ। कोल्पुटारबाट सुरु भएको रेस पिप्ले हुँदै कोल्पुटारमा नै आएर सकिने आयोजकले जनाएको छ।

यसअघि पहिलो संस्करणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले ५४ मिनेट १३ सेकेन्ड तथा महिलामा सन्तोषी श्रेष्ठले १ घण्टा ९ मिनेट १३ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेका थिए।

प्रकाशित: ८ चैत्र २०७४ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App