२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पहिचान खुलेको कागजपत्र भए भोट हाल्न पाइने

इलाम क्षेत्र २ मा भइरहेको उपनिर्वाचनमा मतदाताले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने छ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने बताए।

उनका अनुसार इलामका उम्मेदवारहरुले आआफ्नो निर्वाचन केन्द्रबाट मतदान गरिसकेका छन्।

इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा नेकपा (एमाले) का उमेम्दवार सुहाङ नेम्वाङ र नेपाली कांंग्रेसका उम्मेदवार डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनकुमार योङहाङ लिम्बुले माङ्सेबुङ २ स्थित जनता कल्याण आविबाट मतदान गरिसकेका छन्।

यस क्षेत्रका ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्रमा यतिबेला मतदाताले मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: १५ वैशाख २०८१ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App