७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या नगर्न पारस खड्काको आग्रह

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्रहत्या नगर्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै खड्काले लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

उनले लेखेका छन्, 'नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषत: सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ। यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।'

उनले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि बताएका छन्। 

प्रकाशित: २६ वैशाख २०८१ २०:११ बुधबार

#Paras Khadka #can #Sandeep Lamichhane