'११ औं धरान १० कि.मी.नेवा च्यारिटी रन २०७९' मा खुला पुरुषतर्फ पाँचथरका दिपक सुहाङ प्रथम भएका छन् भने महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन्।
शनिबार धरानमा सम्पन्न भएको दौड प्रतियोगितामा खुला पुरुषतर्फ प्रथम भएका दिपकले निर्धारित १० किलोमिटरको दृुरी ३२ मिनेट ५ सेकेण्डमा पुरा गरे। उनी भारतीय सेनामा कार्यरत छन्। त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले ३२ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो हुँदा केन्याका धावक सिमेन किप्लागतले ३३ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए।
महिलातर्फ प्रथम भएकी राजपुराले निर्धारित दुरी ३७ मिनेट ३६ सेकेण्डमा पुरा गरिन्। त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले ४० मिनेट २८ सेकेण्डमाम दुरी पार गर्दै दोस्रो भइन् भने एपिएफकी आशा राउतले ४२ मिनेट २७ सेकेण्डमा दौड पार गर्दै तेस्रो भइन्। महिला र पुरुष खुलातर्फका प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकाहरुलाई क्रमशः ट्रफीसँगै नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार हात पारे।
यस्तै, १६ बर्ष मुनिको दौडमा पुरुषतर्फ कविन राई प्रथम, करण लिम्बु दोस्रो र अनिष लिम्बु तेस्रो भए भने महिलातर्फ नानी तामाङ प्रथम, कुसुम राई दोस्रो र सुना सिद्धिकी तेस्रो भइन्। उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाए।
भेट्रानतर्फ पुरुषमा धर्म महर्जन प्रथम, निमेश क्षेत्री दोस्रो र पाण्डव महतो तेस्रो भए। भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, श्रीलामा भुटिया दोस्रो र शर्मिला राई तेस्रो भइन्। उनीहरुले पनि नगद ७ हजार, ५ हजार र ३ हजार थापे।
ह्विलचियर रेसका विजेताहरुलाई पनि पुरस्कार विरतण गरिएको थियो भने सुपर भेट्रानतर्फका विजेता कृष्ण तामाङलाई उपहार दिइएको थियो। विजेताहरुलाई आयोजक धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष रमु राई, प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ, अभिनेता दयाहाङ राई, बिबिसि मास्टर सेफ विजेता सन्तोष साहलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा ३ हजार भन्दा बढीले दौडिएका थिए।