निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिन्धुलीको जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिता सुरु भएको छ।
शनिबारदेखि सुरु भएको खेलकुद प्रतियोगिता मंगलबारसम्म चल्ने प्याब्सन सिन्धुलीले जनाएको छ।
शारीरिक रूपमा स्वास्थ्य तथा मानसिक रूपमा प्रतिस्पर्धी विद्यार्थी भन्ने मूल नारा सहित खेलकुद प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको एक कार्यक्रमका बिच कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलले भलिबल खेलेर उद्घाटन गरेका थिए।
उद्घाटन समारोहका प्रमुख अतिथि रहेका पोखरेलले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक रूपमा रूपमा तन्दुरुस्त हुनुका साथै स्वास्थ्यका लागि फाइदा पुग्ने बताए। नगरप्रमुख पोखरेलले खेलकुदका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बचन समेत दिए।
'औपचारिक शिक्षासँगै खेलकुद पनि अत्यावश्यक पक्ष हो, नगरप्रमुख पोखरेलले भने, त्यसैले नगरपालिकाले खेल क्षेत्रमा आवश्यक सहयोग गर्नेछ।'
दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीका झन्डै ३० विद्यालयहरूको पाँच सय विद्यार्थीको सहभागितामा खेल प्रतियोगिता सुरु भएको प्याब्सन सिन्धुलीका वरिष्ठ सल्लाहकार तथा सिद्धस्थली इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ओम प्रधानले जानकारी दिए। खेलकुदमा दौड प्रतियोगिता भलिभल प्रतियोगिता लगायतका खेलकुद हुने आयोजक प्याब्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधानले जानकारी दिए।
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
आइतबार कालिन्चोक मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।
लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए। उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।
यस्तै युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए।
बलिङतर्फ कर्णाली प्रदेशका दिनेश अधिकारी र राजकुमार शाहले समान २–२ विकेट लिए। राजकुमार शाहले अन्तिम ओभरमा दुई विकेट लिँदै लुम्बिनीको इनिङ्सलाई थप रन बनाउनबाट रोके।
१६२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश भने १७.४ ओभरमा ९६ रनमै समेटियो। कर्णालीका दिनेश रावतले सर्वाधिक २५ रन बनाए। त्यस्तै अरविन्द घर्ती मगरले २३ रनको योगदान दिए।
लुम्बिनीका बलर अजय चौहानले उत्कृष्ट प्रदर्शन गर्दै २१ रन खर्चेर ३ विकेट लिए। निर्मल गुरुङले पनि १८ रन दिँदै २ विकेट हात पारे।
समग्रमा ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको लुम्बिनीले प्रतियोगितामा महत्वपूर्ण जित निकाल्याे।
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...