बन्दको प्रतिकार
२८ पौष २०७१
•
५ मिनेट पाठ
बन्दको प्रतिकार
डडेल्धुरा-एकीकृत माओवादीसहित ३० दलीय मोर्चाले आह्वान गरेको बन्दविरुद्ध डडेल्धुराका व्यापारी र सर्वसाधारण प्रतिकारमा ओर्लिएका छन्। एकदिने सुदूरपश्चिम बन्द अवज्ञा गर्दै स्थानीय आफैंले प्रतिकार गरेपछि सोमबार यहाँका बजार खुलै रहे।मुख्य बजार बागबजारलगायत तुफानडाँडा, खलंगा र कीर्तिपुरका सयौं व्यापारी तथा स्थानीयले स्वस्फूर्त रूपमा नाराजुलुससहित प्रतिकार गरेपछि बन्दकर्ता भागेका थिए। जबर्जस्ती बन्द गराइएका सबै पसल स्थानीयले फेरि खुलाए। आइतबार वैद्य माओवादीले आह्वान गरेको बन्द पनि स्थानीयको प्रतिकारपछि विफल भएको थियो। 
बिहान ९ बजे मोर्चाका कार्यकर्ता बजार बन्द गराउँदै हिँड्न थालेपछि स्थानीय व्यापारी तथा सर्वसाधारण नेपाली झन्डा बोकेर ‘बन्द गर्न पाइँदैन' भन्दै जुलुससहित प्रतिकारमा ओर्लिएका हुन्। प्रतिकार र्याझलीमा स्थानीय व्यवसायी, युवा तथा सर्वसाधारणले ‘बन्द गर्न पाइँदैन, व्यवसाय गरेर बाँच्न देऊ' जस्ता नारा लगाएका थिए। 
‘हामी बन्दविरोधी हौं, व्यवसाय अवरोध गर्ने अधिकार कुनै पार्टीलाई छैन,' उद्योग वाणिज्य संघ, डडेल्धुराका सदस्य राजेन्द्र पनेरुले नागरिकसँग भने, ‘आफ्ना माग पूरा गराउने नाममा व्यापारी र स्थानीयलाई दुःख दिन पाइँदैन।'
राजनीतिक दलहरूले आफ्ना माग पूरा गराउन बन्द गर्नुको साटो अन्य शैली अपनाउनुपर्ने उनले बताए। ‘आफ्ना अभीष्ट पूरा गर्न बन्द–हडताल गर्नैपर्छ भन्ने शैलीमा परिवर्तन जरुरी छ,' उनले भने, ‘जबर्जस्ती बन्द थोपर्दा स्थानीयले स्वीकार गर्दैनन् भन्ने पाठ यो घटनाले दिएको छ।' 
स्थानीयको प्रतिकारपछि बन्दकर्तामध्ये कोही पनि दिउँसो सदरमुकाम क्षेत्रमा देखिएनन्। प्रतिकारकै कारण मोर्चाले खलंगामा गर्ने भनिएको कोणसभा पनि सञ्चालन हुन सकेन। सदरमुकाम खलंगाबाट विभिन्न ठाउँ जाने सवारीसाधन सोमबार दिउँसो निर्बाध चले।
बन्दकर्ता र विरोधीबीच झडप हुन सक्ने आशंकामा स्थानीय प्रशासनले सदरमुकामको सुरक्षाव्यवस्था कडा पारेको थियो। बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख योगेन्द्रबहादुर थापाले बताए। 
एकीकृत माओवादीले पनि सदरमुकामका व्यापारीको विरोधका कारण बन्द सफल हुन नसकेको स्विकारेको छ। ‘कांग्रेस र एमालेसम्बद्ध व्यापारीले बन्दको विरोध गरेका हुन्,' एमाओवादी डडेल्धुराका अध्यक्ष पदमराज जोशीले भने, ‘यस क्रममा अप्रिय स्थिति भने हुन पाएन।' 
स्थानीयले डडेल्धुरालाई ‘बन्दमुक्त जिल्ला' घोषणा गरिनुपर्ने मागसमेत अघि सारेका छन्। ‘कुनै पनि कुरामा चित्त नबु‰दा विरोध गर्ने शैली परिवर्तन गर्नुपर्छ, बन्दलाई सधैंका लागि बन्द गर्नुपर्छ,' व्यापारी नवराज भट्टले भने।
केही दिनअघि मात्र आगलागीबाट अस्तव्यस्त बजार बन्द गराउँदै हिँड्नु गैरजिम्मेवारीको पराकाष्ठा भएकाले विरोधको विकल्प नभएको व्यापारीहरूको तर्क छ। आगामी दिन पनि बन्दविरुद्ध जनता एकजुट भएर लाग्नुपर्ने स्थानीय व्यापारी गणेश भट्टले बताए। ‘व्यापारीले निर्बाध व्यापार गर्न पाउनुपर्छ, कसैले अवरोध गर्छ भने हामी प्रतिकार गर्छौं,' उनले भने।
दुई वर्षअघि पनि बन्द गराउँदै हिँडेका एमाओवादी कार्यकर्ता र व्यापारीबीच यहाँ विवाद भएको थियो। व्यापारी र स्थानीय एकजुट भएर प्रतिकार गर्न थालेपछि त्यस बेला पनि ‘षड्यन्त्र' भएको भन्दै बन्दकर्ता पछि हटेका थिए।


अर्को समाचार
खोटाङमा बन्दको प्रतिकार
२४ चैत्र २०७१
•
२ मिनेट पाठ
खोटाङमा बन्दको प्रतिकार
खोटाङ– खोटाङका व्यवसायी ३० दलीय मोर्चाको बन्दको प्रतिकारमा उत्रिएका छन्। बन्दकर्ताहरु तोडफोड र हातपातमै उत्रिएपछि त्यसको बिरोधमा दिक्तेलका व्यवसायी बन्दको प्रतिकारमा उत्रिएका हुन्। 




व्यवसायीहरुले मोर्चामा आवद्ध दलको संयुक्त बन्दको बिरोध गर्दै दिक्तेलका बन्द होटल तथा पशलहरु पूर्वत अवस्थामा खुलाउँदै हिँडेका छन्। तोडफोडबाट आक्रोशित बनेका व्यवसायीले दिउँसो ४ बजेबाट रत्नपार्क, संगमपार्क, पूरानो बेसक्याम्प लगायतका होटल र पशलहरु खुलाएका हुन्। बन्दकर्ताले दिक्तेलका व्यवसायी ज्ञानबहादुर खत्रीलाई पशलबाहिर उभिरहेको अवस्थामा कुटपिट गरेको, चौधरी पशलको ढोका फुटाएर सामान छरपस्ट बनाइदिएको र बिजय लुइटेलको पसलको ढोका तोडफोड गरेको खोटाङ उद्योग बाणिज्य संघले जनाएको छ।

तोडफोडपछि बाणिज्य संघ नेतृत्व व्यवसायीको टोलीले शान्ति सुरक्षा, अराजकशैलीमा उत्रिएका बन्दकर्तालाई कारबाही र क्षतीपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय समक्ष माग गरेका छन्। व्यवसायीको डेलिगेसनपछि तोडफोडमा उत्रिएका बन्दकर्तामध्येका तीन जनालाई तत्काल पक्राउ गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ। बुधबारदेखि नियमित पशल होटलहरु खुलाउने बताएको व्यवसायीलाई प्रशासनले समेत सुरक्षाको व्यवस्था गर्ने आश्वसन दिएको छ। जिल्लामा थप तनाबका घटना बढ्ने आशंकामा प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ।

बन्दको प्रतिकारमा बजार तथा पशलहरु खुलाइए पनि जिल्लामा यातायात, शैक्षिक संस्था भने बन्द छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस