कटारी - नेकपा–माओवादी लगायत ३३ दलीय मोर्चाले आज गरेको देशव्यापी बन्दको विरोधमा यहाँका स्थानीयले प्रतिकार गरेका छन्। जिल्लाको पूर्वी बजार बेल्टारका स्थानीयवासीले बन्दको प्रतिकार गर्दै बिहान १० बजेदेखि बजार परिक्रमा गरेपछि दुईपक्षबीच विवाद र केहीबेर दोहोरो झडपसमेत भएको छ।हटियाको दिन पनि बन्द गर्दा नजिकिएको चाडवाड र व्यापार व्यवसायलाई घाटा लाग्ने भन्दै नेपाली काङ्ग्रेस र एमालेनिकट युवा व्यवसायीको टोली प्रतिकारमा उत्रिएको बताइएको छ। आज लाग्ने साप्ताहिक हटियाकै दिन बिहानैदेखि बन्द गरेको भन्दै बन्द प्रतिकारकर्ताको जमातले ५० भन्दा बढी मोटरसाईकलमा बन्द खुलाउने आब्हान गर्दै परिक्रमा एक स्थानीयले बताए। प्रतिकार समूहले बजार परिक्रमा गर्ने क्रममा बन्दकर्ता माओबादी नेता कार्यकर्ताको समूहले विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको प्रत्यक्षदर्शीको भनाइ छ।
प्रतिकारपक्ष र बन्दकर्ता समूहबीच बजारमा दोहोरो ठेलाठेल भए पनि कोही घाइते भने नभएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। सहायक प्रहरी निरीक्षक कर्ण थापाका अनुसार झडप हुनुअघि नै प्रहरी टोली घट्नास्थल पुगेकाले अप्रिय घट्ना भने हुन पाएन।
दुवैपक्षको सामान्य छलफलमै ११ बजेदेखि बजार खुल्ला गरिएको छ। बन्दकर्ताले भने बजार नखोल्न आग्रह गर्दै हिँडेको एक बजारबासीले बताए।
यता बन्दकर्ता पार्टी इन्चार्ज तथा केन्द्रीय सदस्य मीनकुमारले भने बजार खुलेको खवर नआएको बताए। देशव्यापी बन्दको अवज्ञा गरेर कसैले बजार पसल खोल्ने चेष्टा गरे त्यस्ता जनविरोधीलाई कालो सूचीमा राखेर कारबाही गर्ने चेतावनी उनले दिए।