नेपालगन्ज- साउन २६ देखिको बन्दले ब्यापार धरासायी भएको र बन्दकर्ता तोडफोडमा उत्रिएको भन्दै नेपालगन्जका ब्यापारी बन्द विरुद्ध प्रतिकारमा उत्रिएका छन्। आइतबार यहाँका ब्यापारीहरुले बन्दकर्ताहरुको विरोधमा प्रतिकार जुलुस निकालेका छन्।बन्दकर्ताले भाडाका युवा र बच्चाहरु समेत प्रयोग गरि तोडफोडमा लागेको भन्दै ब्यापारी सडकमा निस्किएका हुन्। नेपालगन्ज धम्बोजीमा तयारी पोशाकको ब्यापार गर्दै आएकी ज्ञानुसिँह ठकुरीले बन्दकर्ता अराजक बन्दै गुडेको गाडी तोडफोड गर्ने, व्यापारीमा माथि आक्रमण गर्ने काम गरिरहेको भन्दै बन्दको विरोधमा उत्रिएको बताईन्। 'मासिक भाडा ५० हजार तिर्नु पर्छ', उनले भनिन्, 'बन्द भएको १५ दिन भयो ,अव कति सहेर बस्ने, त्यसकारण प्रतिकारमा उत्रियौ।' सर्वसाधरणले समेत बन्दको विरोधमा व्यापारीलाई सहयोग गरे। व्यापारी डिल्लीप्रसाद जैसीले संकटालमा पनि यसरी व्यापारी र सर्वसाधारण नागरिकमाथि आक्रमण नभएको बताउँदै अहिलेको बन्द उग्र भएकोले विरोध निकालिएको बताए। यस्तै टेम्पो ब्यवसायी सुदिप क्षेत्रीले १५ दिनदेखि व्यवसायी धराप भएको बताउँदै बन्दको प्रतिकारमा उत्रिनु बाध्यता भएको बताए। घरमा खान लगाउन समस्या भैइसकेको छ, कतिदिनसम्म सहेर बस्ने, उनले भने। व्यापारीले मोटरसाईकल तोडफोड गरिएको र सटक बन्द गराएको भन्दै संयुक्त मधेशी मोर्चाका बन्दकर्तालाई दिउँसो दुई बजे धम्बोजीबाट लखेटेका थिए। बन्दका समर्थकमा रहेका संयुक्त मधेशी मोर्चाको नेताहरु विजय गुप्ता र पशुपति दयाल मिश्रलाई व्यापारीले घेराउ गरेका थिए। उनीहरुलाई प्रहरी र अधिकारकर्मीले होटेलमा लुकाउन बाध्य भए।
अर्को समाचार
बन्दको प्रतिकारमा नेपालगन्जका ब्यवसायी
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ