बन्दको स्वस्फूर्त प्रतिकार
०६ माघ २०७१
•
१५ मिनेट पाठ
बन्दको स्वस्फूर्त प्रतिकार
काठमाडौं-एकीकृत माओवादी र मधेसी दलसहितको मोर्चाले आह्वान गरेको बन्दका कारण मंगलबार देशैभरको जनजीवन प्रभावित भएको छ। पटकपटकको बन्दले आजित सर्वसाधारणले विभिन्न जिल्लामा बन्दको प्रतिकार गरेका छन्। बाँके, बर्दिया, कैलाली, डडेल्धुरा, धनकुटा, पर्वतलगायत जिल्लामा ‘बन्दलाई सधैंका लागि बन्द' गर्नुपर्ने माग राख्दै स्थानीयले प्रतिकार गरेका हुन् । बन्दकर्ता र बन्दविरोधीबीच भएको झडपमा दर्जनौं घाइते भएका छन्। बिहानैदेखि सडकमा ओर्लिएका मोर्चा कार्यकर्ताले थुप्रै जिल्लामा सवारीसाधन र सार्वजनिक सम्पत्ति तोडफोड गरे।pratikar2




डडेल्धुरास्थित संवाददाता वरुण पनेरुका अनुसार बन्दको अवज्ञा गर्दै व्यापारी र स्थानीय प्रतिकारमा उत्रिएपछि डडेल्धुरा बजार खुलेको थियो। सो क्रममा भएको दोहोरो झडपमा एकीकृत माओवादीका अध्यक्ष पदमराज जोशी, सचिव उमेश भट्ट र सहसचिव लक्ष्मी धिक्त घाइते भए। सचिव भट्टलाई उपचारका लागि कैलाली रेफर गरिएको छ। बागबजारसहित तुफानडाँडा, खलंगा, कीर्तिपुर बजारका व्यवसायीले बन्दविरुद्ध जुलुस निकालेपछि मोर्चा कार्यकर्ता भागेका थिए। ‘स्वतन्त्र रूपले व्यापार गर्न रोक्नेविरुद्ध प्रतिकार गरेका हौं,' उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष प्रकाश साउदले भने । 
बाँकेस्थित संवाददाता अर्जुन ओलीका अनुसार बन्दको प्रतिकार गर्दै स्थानीयले खबरदारी र्यासली निकालेका छन्। त्यस्तै, कोहलपुरमा पनि व्यापारी–व्यवसायी बन्दविरुद्ध स्वस्फूर्त रूपमा सडकमा उत्रिएको स्थानीय संवाददाता टेकेन्द्र बस्यालले जनाएका छन्। ‘बन्द फिर्ता गर, व्यापारीलाई गरी खान देऊ, काम गर्न देऊ, माघ ८ मा संविधान जारी गर,' लगायत नारा लगाउँदै स्थानीयले नगरपरिक्रमा गरे। कोहलपुर उद्योग व्यापार संघका पूर्वअध्यक्ष चिन्तामणि धितालले बन्दको विरोधमा व्यापारी र नागरिक समाज सडकमा उत्रिएको बताए। बन्दकर्ताले यात्रु लिएर काठमाडौंबाट नेपालगन्ज गइरहेको ना ३ ख ३७११ नम्बरको बस र भे४प ९५३० नम्बरको मोटरसाइकल तोडफोड गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनायो।

उत्तरपुस्तिका जलाइयो



परीक्षा चलिरहेको अवस्थामा नेपालगन्जस्थित वेस्टजोन बोर्डिङ स्कुलको हाताभित्र प्रवेश गरेर बन्दकर्ताले उत्तरपुस्तिका जलाइदिएका छन्। ‘बन्दमा स्कुल किन खोलेको भन्दै उत्तरपुस्तिका खोसेर जलाए,’ विद्यालयका प्रिन्सिपल आरके गौतमले भने। बन्दकर्ता एक्कासि स्कुल भित्र प्रवेश गर्दा विद्यार्थी आतंकित बनेका थिए। विद्यालयमा मंगलबार कक्षा १० को सामाजिक विषयको टेस्ट परीक्षा चलिरहेको थियो। 
धनगढीस्थित संवाददाता दिलबहादुर छत्यालका अनुसार त्यहाँ बन्दका विरुद्ध व्यापक प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीले बन्दकर्तालाई लखेटे। प्रदर्शनको अखण्ड सुदूरपश्चिम पक्षधरले नेतृत्व गरेका थिए। कैलालीका प्रजिअ महादेव पन्तले पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएकाले भिडन्त हुन नपाएको बताए। 
कपिलवस्तु संवाददाता किरणमान बज्राचार्यले जनाएअनुसार बन्दकर्ताले सदरमुकाम तौलिहवाको प्रशासन चोकस्थित एक फोटो स्टुडियो तोडफोड गरे। ३ लाख रुपैयाँ बढीको क्षति भएको स्टुडियो सञ्चालक साधुप्रसाद गुप्ताले जनाएका छन्। 
बर्दिया संवाददाता निर्मल घिमिरेका अनुसार स्थानीयले मंगलबार बिहान बन्दविरुद्ध नाराबाजी गर्दै गुलरिया बजार परिक्रमा गरेका छन्। राधाकृष्ण चोकबाट निस्केको विरोधर्यानली पुनः राधाकृष्ण चोकमै फर्किई आमसभामा परिणत भएको थियो। बन्दले व्यवसायी र स्थानीयलाई मर्का परेकाले प्रतिकारमा उत्रन बाध्य हुनुपरेको बर्दिया उद्योग वाणिज्य संघले जनाएको छ। 
झडपमा सात घाइते
धनकुटा संवाददाता सिद्धराज राईका अनुसार बन्दको प्रतिकारमा भएको झडपमा सात जना घाइते भएका छन्। सुनसरी सदरमुकाम इनरुवामा पनि बन्दको प्रतिकारमा निस्किएका तरुण दल–युवा संघका कार्यकर्ता र बन्दकर्ताबीच केहीबेर झडप भएको थियो। झडपलगत्तै प्रहरीले दुवै समूहलाई तितरबितर पारेपछि स्थिति साम्य भएको थियो। 
धनकुटामा शान्तिपूर्ण र्या ली निकाल्ने प्रयास गरिरहेका बजारबासी र बन्दकर्ताबीच झडप भएपछि प्रतिकार जुलुस निस्केको हो। बजारबासीले लट्ठी र घरेलु हतियार बोकेर प्रतिकार जुलुस निकालेका थिए। बन्दकर्ताले जबर्जस्ती बजार बन्द गर्न खोजेपछि प्रतिकार सुरु भएको स्थानीय व्यापारी तुलसी बाराकोटीले बताए। 
बजार खुला गर्न शान्तिपूर्ण र्याबलीको माइकिङ गर्न हिँडेका स्थानीय युवकलाई लुकेर बसेका बन्दकर्ताले कुटपिट गरेपछि बिहान १० बजे धनकुटाको मदनचौक र चुवाकोबोटमा झडप भएको थियो। झडपमा शान्तिर्यामलीको प्रचारमा हिँडेका शोभित श्रेष्ठ, सरोज श्रेष्ठ र तुलसी बाराकोटी बन्दकर्ताबाट कुटिएका छन्। उनीहरूको टाउको र हातखुट्टामा चोट लागेको छ। झडपपछि प्रजिअ सोमप्रसाद भट्टराईसहित सुरक्षा अंगका प्रमुखहरुले बजार अनुगमन गरेका थिए। 

ठाउँ–ठाउँमा अवज्ञा


banda pratikar5

इटहरी संवाददाता अमर खड्काका अनुसार प्रतिकार समूहले सुनसरीको खनार र मोरङको विराटचोकमा बन्दको अवज्ञा गरेको छ। खनारमा युवा संघ र तरुण दलका कार्यकर्ताले बजार खुलाए। बजार खुलेलगत्तै बन्दकर्ताको ठूलै समूह खनार पुगेको थियो। त्यहाँ पर्याप्त सुरक्षाकर्मी खटाइएकाले दुई पक्षबीच झडप हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कुन्दन देवले बताए। मोरङको विराटचोकमा पनि बन्दकर्ताले बजार र पसल बन्द गराउन खोजे पनि स्थानीय संगठित भएर प्रतिकार गरेका थिए। 

तोडफोड–आगजनी



बन्दकर्ताले राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। बन्द अवज्ञा गरेको भन्दै उनीहरूले प्रशासकीय अधिकृत बस्ने कोठा फुटाएका हुन्। सप्तरीका प्रजिअ वीरेन्द्र यादवले भने सेवाग्राहीको भिडका कारण प्रशासकीय अधिकृतको कोठाको टेबुल–सिसा भाँचिएको दाबी गरेका छन्। 
बन्दकर्ताले राजविराज–५ मदननगरस्थित नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी गरेका छन। पेट्रोल छर्किएर लगाइएको आगोले फर्निचर तथा कागजपत्र जलेका छन्। एमाले जिल्ला सदस्य निरञ्जन झाका अनुसार आगजनीबाट झन्डै पाँच लाख रुपैयाँको क्षति भएको छ। 
वीरगन्ज संवाददाता रितेश त्रिपाठीका अनुसार बन्दकर्ताले वीरगन्जस्थित जिल्ला हुलाक कार्यालय तोडफोड गर्दै राजस्व लुटेका छन्। मोर्चाका कार्यकर्ता मंगलबार दिउँसो पौने २ बजे जिल्ला प्रहरी कार्यालयसँगैको हुलाक छिरेका थिए। ‘करिब ३० जनाजति थिए। बन्द गर भन्दै भित्र छिरेका उनीहरू अचानक तोडफोड गर्न थाले,' जिल्ला हुलाक कार्यालय प्रमुख अमित गिरीले भने, ‘ढुंगा र लट्ठीले आक्रमण गरी पहिले झ्यालका सिसा फुटाए। लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दस्तुरबापत उठाइएको ७ हजार १ सय रुपैयाँ लुटेर लगे।' गिरीका अनुसार बन्दकर्ताले फर्म भर्न प्रयोग गरिँदै आएको दुइटा टेबुल तोडफोड गरी त्यसको दराजमा राखिएको रकम लगेका थिए। बिहानैदेखि वीरगन्ज बजार बन्द गराई प्रदर्शनमा उत्रेका उनीहरूले आधा दर्जन मोटरसाइकल तोडफोड गरेका छन्। रौतहट संवाददाता मदन ठाकुरका अनुसार बन्दकर्ताले गौरको मुख्य चोकमा दुइटा मोटरसाइकल र पार्किङ गरिराखिएको पशुपति ट्रान्सपोर्टको ना१ख ८३७१ नम्बरको ट्रक तोडफोड गरेका छन्। उनीहरूले गौर भन्सार कार्यालयको ढाट र राजस्व कोठामा पनि तालाबन्दी गरेका थिए। 

बस–ट्रक तोडफोड


३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको बन्दका क्रममा झापामा मंगलबार दुईवटा ट्रक र एउटा बस तोडफोड भएको संवाददाता राजु अधिकारीले जनाएका छन्। तोडफोडमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। बन्दकारीले बिर्तामोडमा दिउँसो को१ख ३४७१ नम्बरको बस तोडफोड गरेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार रोकिराखेको ठाउँबाट पार्किङका लागि अन्यत्र लैजान लाग्दा बसमाथि आक्रमण भएको हो। बन्दकारीले बिर्तामोडमै डब्ल्युबी७१ए४५ नम्बरको भारतीय ट्रक पनि तोडफोड गरेका छन्। त्यस्तै बन्द छल्न सोमबार राति नै उदयपुरबाट अदुवा लिएर झापा आउँदै गरेको ना२ख ९९२४ नम्बरको ट्रक बन्दकारीले काँकडभिट्टामा राति नै आगजनी गरेका छन्। निर्माणाधीन नयाँ बसपार्कनजिकै राजमार्गमा राति ३ बजे ट्रक जलाइएको प्रहरीले जानकारी दियो। 

प्रतिकारमा मोर्चा कार्यकर्ता घाइते


pratikar1

पोखराबाट केशवशरण लामिछानेले जनाएअनुसार बन्दकर्ताले पोखरामा एउटा माइक्रोबसमा आगजनी गर्नुका साथै झन्डै आधा दर्जन गाडी तोडफोड गरेका छन् । ग१ज २९५९ नम्बरको माइक्रो पोखरा–५ पर्स्याङमा जलाइएको हो। त्यसबाहेक पृथ्वीचोक र सिर्जनाचोकमा नगरबस, ट्रक र मोटरसाइकल तोडफोड गरिएका छन्। अरू बेलाका बन्दमा खुल्दै आएको पोखराको पर्यटकीय केन्द्र लेकसाइड पनि मंगलबार प्रभावित भएको थियो। बन्द आयोजक पर्यटन क्षेत्रलाई नै लक्षित गर्दै कडा रुपमा प्रस्तुत भएका थिए। माओवादी कार्यकर्ताले झन्डासहित प्रदर्शन गर्दै लेकसाइडको मुख्य सडकका पसल तथा रेस्टुरेन्ट बन्द गराएका थिए। नेपालीलाई जति दुःख भए पनि पर्यटकलाई अत्याउनु दुःखद भएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन रेबान पोखराका अध्यक्ष गोपी भट्टराईले बताए।

pratikar3
पर्वत संवाददाता छविलाल तिवारीका अनुसार बन्द प्रतिकारमा उत्रिएका युवासँगको झडपमा माओवादीका जिल्ला अध्यक्ष कृष्णप्रसाद पराजुलीसहित तीन कार्यकर्ता घाइते भए। एमालेनिकट युवा संघको अगुवाइमा बन्दको प्रतिकारस्वरुप निस्किएको मोटरसाइकल र्यायलीका सहभागीसँग सदरमुकामको शिवालयचोकमा बन्द आयोजकको जम्काभेट भएको थियो। बन्दकर्ताले मोटरसाइकल कब्जामा लिन खोजेपछि झडप भएको थियो। युवा मोटरसाइकल र्याकली सहित उत्रिएपछि बन्दकर्ता भागेका छन्। त्यसपछि बजार खुलेका थिए। झडपमा घाइते सहसचिव दीपक आचार्य र जिल्ला नेता महेन्द्रजंग लामिछानेको जिल्ला अस्पतालमा उपचार गरिएको थियो। गम्भीर घाइते पराजुलीलाई भने थप उपचारका लागि पोखरा पठाइएको छ। म्याग्दी संवाददाता हरिकृष्ण गौतमका बुधबार ल्होसार परेकाले आयोजकले दिउँसो २ बजेदेखि बन्द फिर्ता लिएका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस