पर्वत– फलाखानी–६ मा बैठक चलिरहेको स्थानमा अघि साँझ चट्याङ पर्दा स्थानीय सर्वजित विकको मृत्यु भएको छ। घटनामा गम्भीर घाइते कृष्ण विक, चन्द्रकला सुनार र सुनिल विकको पोखरामा उपचार भइरहेको छ।
गम्भीर घाइते विकलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृतयु भएको राष्ट्रिय दलित विकास संस्थाका कार्यक्रम अधिकृत जितबहादुर नेपालीले जनाए। सो गाविस भोलि छुवाछुतमुक्त घोषणा गर्ने कार्यक्रम थियो, त्यसैको छलफल भइरहेका बेला चट्याङ परेको हो।