धनगढी, कात्तिक ८- पूर्व-पश्चिम राजमार्गको कैलाली साडेपानी सडकखण्डमा लु४प ४२२३ नं को मोटरसाइकल हिजो दुर्घटना हुँदा चालक प्रहरी जवानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनाबाट कैलाली दोधारा गाविसका बसन्त रानाको मृत्यु भएको हो।
दार्चुला जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राना दसैँ मनाउन घर आउँदै गरेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेका हुन्। मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। दुर्घटना हुँदा सडक छेउमा रहेका स्थानीय दुई व्यक्ति घाइते भएका छन्। रासस