रौतहट- रौतहटको भेडियाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जना प्रहरी जवानको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी मोटरसाइकलमा सवार ३१ वर्षीय पुन्देव शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा एक भारतीय नागरिक घाइते भएका छन्। शाह बनेपा प्रहरी चौकीमा कार्यरत थिए।चन्द्रनिगाहपुरसँग जोडिएको वीरेन्द्रराज मार्ग सडक खण्डअन्तर्गतको भेडियाही र हजमिनिया चौकको बचमा बिग्रिएर पार्किङ गरेको ना४त ७२४१ नम्बरको टयाक्टरमा ना५प २९३५ नम्बरको मोटर साइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। प्रहरी नायब उपरीक्षक भिम ढकालले बताए।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। प्रहरी नायब उपरीक्षक भिम ढकालले बताए।