इटहरी-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको श्रीपुरमा सोमबार राति भएको दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ। को ५ प ७७३० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिदाँ संखुवासभाको मकालु प्रहरी चौकीमा दरबन्दी भई अहिले पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत जवान पंकजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक यादव र उनको पछाडि बसेका इटहरी वडा नं. ३ का सानुराम भुजेल ट्रकले ठक्कर दिदाँ सिकिस्त घाइते भएका थिए । घाइते यादवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । भुजेलको भने जिल्ला अस्पतालले रिफर गरेर अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। मोटरसाइकललाई ठक्कर दिने ट्रकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।