रुकुम, असार ९- जिल्लाको स्यालापाखा गाविसमा गएराति भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। सदरमुकाम खलङ्गाबाट रुकुमकोटतर्फ गइरहेको रा१त ८९५ नम्बरको ट्याक्टर वडा नम्बर ४ कैलादेउमा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शालिग्राम पौडेलले बताए।। घाइते हुनेहरूमा पिपल गाविस-७ का ४७ वर्षीय थलवीर नाथ र २० वर्षीया धनकुमारी विसी रहेका छन्।
घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट २० मिटर तल खसेको बताइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। रासस