माघ– जिल्लाको पिना गाविस–७ कोटिला गाउँ नजिक शुक्रबार दिउँसो काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन।सोही गाविसकै मुन्दु गाउँबाट काठ बोकेर कोटिला तर्फ आउदै गरेको भे १ त ५६ नम्बरको ट्याक्टर कोटिला गाउँ नजिक सडकबाट करिव ६ सय मिटर तल खस्दा त्यसमा सवार पिना गाविस– ३ की २१ वर्षीया रामदेवि ऐडीको घटना स्थलमा नै मृत्यु भएको छ भने ट्याक्टर चालक श्रीबहादुर चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै ट्याक्टर धनी सोही गाउँ निवासी विर्खबहादुर रावल सामान्य घाइते भएका छन।
घाइते दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी चौकी पिनालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। शुक्रवार दिउसो साढे तीन बजे ट्याक्टर दुर्घटना भएको तथा घटना स्थल सदरमुकाम देखि तीन घण्टा टाढा रहेकाले थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ।