शुक्रबारको दिन, समय दिउँसो ४ः४५ बजे । स्थान कटारी नगरपालिका ३ कटारी बजारको भूगोलपार्क । ना ७ ख ३१५२ नं. को टिपर उत्तरतर्फबाट आएर भुगोलपार्कको पूर्वपटि सडकछेउमा रोकिन्छ । कटारी नगरपालिका ६ का चालक २६ वर्षीय भरत थापामगर गाडी बन्द गर्छन्, १ नं. गेयरमा राखेर झ्याल ढोका बन्द गरी चाबी लाएर खाजा खान केही टाढाको होटलर्फत छिर्छन्, सहचालक उनकै पछि लाग्छन् ।
लगभग १० मिनटपछि टिपर आफै स्टार्ट हुन्छ, हर्न बजाउँछ र गोलाकारको भूगोल पार्कलाई विस्तारै फन्को मार्न थाल्छ । सडकमा हिड्दै गरेका बटुवा र अन्य सवारीसाधन टिपरबाट जोगिन आफै साईड लाग्छन्, टिपर गोलो घेरा लगाएर गुडिरहन्छ । चालक र सहचालक दुवै खाजा खान गएको प्रत्यक्ष देख्ने स्थानीय अचम्म मान्दै सोँच्छन् ‘चालक र खलासी छैनन् कसले टिपर गुडाईरहेको छ हँ ?’ अगाडी गएर हेर्दा चालक छैन, अलि हल्ला हुन्छ र टायरमा ढुंगा र इँटा हालेर रोक्न खोजिन्छ तर, टिपर गुडिरहन्छ ।
४/५ जनाले एउटा ठूलो ढुंगा टायरमा अड्काएपछि बल्ल टिपर रोकिन्छ अनि स्टार्ट आफै बन्द भएलगत्तै आगलागी हुन्छ, स्थानीयमा भागदौड मच्चिन्छ । त्यत्तिञ्जेल घट्नास्थल पुगिसकेको इलाका प्रहरी कार्यालय कटारीको टोली र स्थानीयको प्रयासमा आगो नियन्त्रण सुरु हुन्छ । साँझ ७ः३० बजेसम्ममा बजारको वातावरण शान्त हुन्छ ।
चालकविनै टिपर गुड्नुको कारण तार (वाईरिङ) सर्ट भएको प्रहरी भनाई छ । तार सर्ट भएका कारण टिपर आफै स्टार्ट भएर गुडेको इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए । उनका अनुसार बीच बजारमा रोकिराखेको टिपर स्टार्ट भएर ५ मिनटसम्म गुड्दै गर्दा स्थानीयले टायरमा ढुंगा अड्काएपछि रोकिएको र केहीबेरपछि आगालगी भएको छ । तार सर्ट भएर आफै स्टार्ट भएको टिपर १ नं. गेयरमा भएकाले विस्तारै गुडेको भन्दै उनले भूगोलपार्कलाई फन्को लगाउनुमा चालकले टिपर रोक्दा स्टेरिङ धेरै मोडेर छाडेकाले त्यसो भएको भण्डारीले बताए ।
नगरपालिकाले जडान गरेको बजारको क्लोज सर्किट क्यामेरा (सिसि टिभी) फुटेजले टिपर झण्डै ५ मिनट गुडेर भूगोलपार्कलाई फन्को लगाएको देखाएको डिएसपी भण्डारीले बताएका छन् । ‘तार सर्ट भएकाले गाडी आफै स्टार्ट भएछ, १ नं. गेयरमा रहेकाले विस्तारै गुडेछ, धन्न चालक खाजा खान गएको देख्ने स्थानीयले ढुंगा राखेर रोकेछन्’ डिएसपी भण्डारीले भने ‘यसरी नरोकेको भए बजारमा टिपरले दुर्घटना गरेर क्षति हुने संभावना थियो ।’
चालक मगरले ४ दिनअघि मात्र टिपरको वाईरिङ मर्मत गरेको बताउँदै तार गडबड भएर घट्ना भएको बताएका छन् । ‘आगलागी हुँदा टिपरको क्याविनमा क्षति पुगेको चालक मगरले बताए ।