बाग्लुङ, कात्तिक २३ (नागरिक) - प्रहरीले जिल्लाको भकुण्ड गाविसबाट मंगलबार हतियार सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भकुण्डे -६ निवासी दलबहादुर थापा रहेका छन्। ग्रामीण गस्ती सुरु गरेको प्रहरीले सिसाको गोली र भरुवा बन्दुक सहित प्रक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक होविन्द्र बोगटीका अनुसार हतियार लिएर हिडेकोबारे अनुसन्धान भैरहेको छ।
पक्राउ परेका थापालाई हातहतियार खरखजना सम्बन्धी ऐन अनुसार कार्वाही गर्ने प्रहरीले जनाएको छ। 'बजारमात्र नभएर ग्रामिण क्षेत्रमा समेत प्रहरी गस्ती सुरु गरिएको छ, 'बोगटीले भने, 'अबैध रुपमा हतियार लिएर हिँडेको पाईएकोले पक्राउ गरेका हौँ।'