ताप्लेजुङ प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लको पाथीभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङका ४० वर्षीय बृखराज राईलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार राईले घरभित्र लुकाई छिपाई राखिरहेको अवस्थामा एकथान भरुवा बन्दुक फेला परेको हो। राईमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको छ।