कास्की- माछापुच्छ्रे गाउँपालिका–२ च्याङ्लुङ बस्ने ४० बर्षीय गमबहादुर गुरुङलाई प्रहरीले भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा र खाली खोका १० थान तथा चितुवाको छाला १ थान सहित पक्राउ गरेको छ। चितुवा मारी गुरुङलाई राख्न दिने सोही ठाउँ बस्ने ३१ बर्षीय चन्द्र बहादुर पौडेललाई समेत प्रहरीले पक्राउ गरेको छ।
गुरुङले घरमा अबैध रुपमा हातहतियार तथा चितुवाको छाला लुकाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दिखोलाबाट खटिएको टोलीले सोमबार घर तलासी गर्दा उक्त भरुवा बन्दुक र चितुवाको छाला बरामद भएको थियो।
गुरुङले घरमा अबैध रुपमा हातहतियार तथा चितुवाको छाला लुकाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दिखोलाबाट खटिएको टोलीले सोमबार घर तलासी गर्दा उक्त भरुवा बन्दुक र चितुवाको छाला बरामद भएको थियो।