धनकुटा–धनकुटाको पाख्रिवासवाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ।अवैध भरुवा बन्दुक रहेको सुराकीको आधारमा सर्च गर्न गएको प्रहरी टोलीले पाख्रिवास नगरपालिका वडा नं. १० का ४० बर्षिय टेकबहादुर राईलाई पक्राउ गरेको हो ।
राईको घरवाट प्रहरीले थप एक थान बन्दुकको नालसमेत बरामद गरेको छ । गाईको गोठमा लुकाई राखेको बन्दुक र घरको तलामा लुकाएको बन्दुकको नाल बरामद गरेको प्रहरी उपरीक्षक विभुतिराज पाण्डेले बताए । पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।