दुर्घटनाको जोखिम उच्च
२७ वैशाख २०७५
•
७ मिनेट पाठ
दुर्घटनाको जोखिम उच्च
नारायणगढ–मुग्लिन सडक खण्डमा जाममा परेका सवारीसाधन।तस्विरः सविता/नागरिक
चितवन - चालू आर्थिक वर्षको वैशाख २३ सम्ममा चितवनमा एक सय ९५ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको ज्यान गएको छ । तीन सय ७१ जना घाइते भएका छन् । तीमध्ये नारायणगढ–मुग्लिन सडकखण्डमा मात्र ३० दुर्घटना भएका थिए । ती दुर्घटनामा १९ जनाको मृत्यु र ७० जना घाइते भए । आर्थिक वर्ष २०७०-७१ देखि २०७३-७४ सम्ममा मात्र नारायणगढ–मुग्लिन सडकमा एक सय २१ सवारी दुर्घटना भएका छन्, जसमा परेर ९७ जनाले ज्यान गुमाए । तीन सय एकजना घाइते भए।




गएको आर्थिक वर्षमा मात्र चितवनमा दुई सय ५८ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा एक सय ६३ जनाको मृत्यु र ५ सय ७५ जना घाइते भएका थिए । उक्त समयमा नारायणगढ–मुग्लिन सडकमा मात्र ३५ सवारी दुर्घटना हुँदा ४७ जनाको ज्यान गएको र ९५ जना घाइते भएका थिए । नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाको संख्या बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए ।

उक्त सडक खण्डमा माथिबाट खसेको पहिरोका कारण पनि दुर्घटना हुने गरेको छ । गत वर्षको वर्षायाममा उक्त सडक खण्डका धेरै ठाउँमा पहिरो जाँदा लगातार ४३ घण्टासम्म बाटो थुनिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक विस्तारको काम सुरु भएपछि सडक खण्डमा पहिरोमा परेर र माथिबाट खसेको ढुंगाले लागेर मात्र आठजनाको ज्यान गएको छ । चारवटा ठूला दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । दुर्घटनामा परेर पहिरोले गाडी नै बगाउँदा चार प्रहरीको समेत मृत्यु भएको थियो।

निर्माणाधीन भएकाले बारम्बार पहिरो खस्ने सम्भावना र तीव्र गतिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाको जोखिम उच्च छ ।

यस वर्ष पनि वर्षाको समय आउँदै गरेको तर निर्माण कार्य नसकिएकाले दुर्घटनाको जोखिम बढिरहेको पन्तले बताए । सडक खण्डमा तीव्र गति र सुक्खा पहिरो प्रमुख समस्या बनेका छन् । दुवै कारणले पछिल्लो वर्षमा सडक खण्डमा दुर्घटना बढिरहेको पन्तले बताए । ‘वर्षामा सानो पहिरो नखस्ने त दिन नै हुँदैन’, उनले भने, ‘यो वर्ष सुरु भएपछि पनि धेरै ठाउँमा ससानो पहिरो खसेको छ ।’ वैशाखमै धेरैपटक पानी परेकाले पनि सडकमा पहिरो धेरै खसेको उनले बताए।

जामले हैरान

निर्माणका क्रममा एकतर्फीमात्र गाडी सञ्चालन हँुदा उक्त सडक खण्डमा लामो समय जाम हुने गरेको छ । त्यसमाथि पटकपटक खस्ने पहिरोले पनि बाटो अवरुद्ध हुँदा समस्या थप बढ्ने गरेको छ । हालै मात्र एकडेढ घण्टा पहिरोले बाटो थुनिएको थियो । गत शनिबार र सोमबार पनि सडक खण्डमा धेरै लामो जाम परेको पन्तले सुनाए । ‘नाइट बसहरु कट्दा नै बिहानको आठ बजिसकेको थियो’, उनले भने । सडक पार गर्नका लागि कम्तीमा पनि छसात घण्टा नै लागेको थियो ।

सडक खण्डमा पहिरो खस्नासाथ हटाउनका लागि एक्साभेटर र लोडर ‘स्ट्यान्डबाई’ नहुँदा बाटो खुलाउन थप केही समय बढी लाग्ने गरेको उनको अनुभव छ । पहिरो हटाउन तथा सडक दुर्घटनामा उद्धार गर्न नारायणगढ–मुग्लिन जस्तो संवेदनशील सडकखण्डमा चौबिसै घण्टा तयार भएर बस्नुपर्ने प्रहरी निरीक्षक पन्त बताउँछन् । पहिरो नै खस्नबाट रोक्न तत्काल नसके पनि पहिरो खस्नासाथ हटाउन सकेमा मात्र पनि यात्रुलाई सहज हुने उनको भनाइ छ।

सडक विस्तारका क्रममा सडक खण्डमा धेरैजसो ठाउँमा पहाड काटेर सडक विस्तार गरिएको छ । करिब २५ किलोमिटर सडक र पहाड फोरेर विस्तार गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्दप्रसाद अर्यालले बताए । पहिरो नियन्त्रण गर्न र फोरिएका पहाडबाट पहिरो झर्न नदिन सडक खण्डमा काम भइरहेको छ । पहाड नै फोरेर विस्तारको काम गरिएकाले समेत पहिरोको जोखिम बढी छ । निर्माणाधीन सडकमा सुक्खा पहिरो खसिरहन्छ । वैशाख महिनामा पनि धेरै दिन ससानो पहिरो खसेको अर्यालले बताए ।

पहाडबाट पहिरो झर्न नदिन रक नेटिङ, रक बोल्टिङ, एङकरिङ र बायो इन्जिनियरिङको काम भइरहेको छ । १४ करोडको लागतमा सडक खण्डमा पहिरो रोकथामका उपाय प्रयोग गर्न थालिएको आयोजनाका डिभिजनल इन्जिनियर खनालले जानकारी दिए । असारसम्म काम सक्नेगरी सुरु गरिएको पहिरो रोकथाम कार्यअन्तर्गत सडक खण्डमा अहिले पहाडको एक सय मिटरभन्दा माथिसम्म पुगेर खस्नसक्ने ढुंगामाटो झार्ने काम भइरहेको उनले बताए।

सडक खण्डको जलविरेदेखि मुग्लिनसम्मको जलविरे, कालिखोला, चोरखोला, चेपाङ डाँडालगायतका क्षेत्रमा पहिरोको बढी जोखिम रहेको उनले बताए । यससँगै केराबारी, सेतीदोभानलगायतका स्थान पनि जोखिममा छन् । ‘सानोतिनो पानी परेका बेलामा पनि पहिरो खसेको छ’, उनले भने, ‘पहिरो नियन्त्रणका काम थालिएकाले अघिल्लो वर्षको जस्तो पहिरो धेरै जाने सम्भावना भने कम छ ।’ सडक आयोजनाअन्तर्गत आँपटारीदेखि मुग्लिनसम्मको ३३.२ किलोमिटर सडक विस्तारको काम अहिले भइरहेको छ । सडक विस्तारमा ८५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।
अर्को समाचार
दुर्घटनाको जोखिम बढ्दो
०४ साउन २०७६
•
६ मिनेट पाठ
दुर्घटनाको जोखिम बढ्दो
चितवन - सवारी दुर्घटनाको हिसाबले प्रदेश नम्बर ३ उच्च जोखिममा रहेको पाइएको छ । प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७५/०७६ मा चार सय ७६ जनाको मृत्यु भएको छ । यस अवधिमा प्रदेश ३ मा सात सय ७० वटा सडक दुर्घटना र सात सय ५० जना घाइते भएका छन् । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सबैभन्दा बढी संख्या चितवन जिल्लामा रहेको छ । एक वर्षको अवधिमा चितवनमा एक सय ४६ जनाको मृत्यु भएको छ ।




सवारी मा परी धादिङमा ९३, मकवानपुरमा ५४, सिन्धुलीमा ४६, नुवाकोटमा ४०, काभ्रेमा ५३ जनाको मृत्यु भएको छ । यस्तै, रामेछापमा २१, सिन्धुपाल्चोकमा १५, रसुवामा १३ र दोलखामा १३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय रामनगर चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । आर्थिक वर्ष २०७४÷०७५ मा भने प्रदेशमा सात सय ११ वटा दुर्घटना हुँदा चार सय ७० जनाको मृत्यु र ६ सय ४४ जना घाइते भएका थिए । त्यसअघिको वर्षमा ६ सय ९४ वटा दुर्घटना भएकोमा चार सय ७७ जनाको मृत्यु र ६ सय ९४ जना घाइते भएको तथ्यांक रहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशमा ट्राफिक नियम उलंघन गर्ने एक लाख ९३ हजार पाँच सय ११ वटा सवारीसाधनलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको उपरीक्षक राईले बताए, जसबाट १३ करोड एक लाख ६८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ । प्रदेश नम्बर ३ मा सवारी दुर्घटनाको जोखिम धेरै भएकाले दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको छ । ३ नम्बर प्रदेश ट्राफिक कार्यालय रामनगर चितवनले प्रदेशमा हुने सवारी दुर्घटना कम गर्न साउन देखि तीन महिने अभियान सुरु गरेको छ ।

यो अवधिमा कार्यालयले काठमाडौं उपत्यकाबाहेकका प्रदेशका १० जिल्लामा मादकपदार्थ सेवन जाँच, सवारीसाधनको गति नियन्त्रण, सार्वजनिक सवारीसाधनमा जडान भएका प्रेसर हर्न, झल्लर, फोकस लाइट हटाउने, ओभरलोड नियन्त्रण, सडक तथा फुटपाथ अतिक्रमण व्यवस्थापनलगायत २० प्रकारका कार्यक्रम सञ्चालन गर्नेछ । चालकको स्वास्थ्य परीक्षण र यान्त्रिक जाँच पनि गरिने प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार यस अवधिमा ट्राफिक सचेतना फैलाउन चालकसँग दुई मिनेट कार्यक्रम, विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा, जनचेतनामुलक माइकिङ, टोल टोलमा ट्राफिक सचेतना कार्यक्रम पनि सञ्चालन गरिनेछ । ‘अभियानको क्रममा सर्वसाधारणसँग छलफल र अन्तत्र्रिmया, पैदलयात्रुलाई जेब्राक्रससम्बन्धी जानकारी पनि गराइनेछ,’ उपरीक्षक राईले भने, ‘सवारीसाधनका कारण र नियम पालना नगर्दा हुने दुर्घटना कम गर्न यो अभियानले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ ।’

अभियानको शुभारम्भ गर्दै ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले अभियानले सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न प्रेरित गरी दुर्घटना कम गर्न सहयोग पुग्ने बताए । सवारी दुर्घटनामा मृत्यु हुने मात्र नभई घाइते हुनेको संख्या पनि उत्तिकै रहेकाले यसले दिर्घकालीन रूपमा घाइते व्यक्ति, परिवारलाई मात्र प्रभाव नपारी समग्र देशलाई नै प्रभाव पार्ने भएकाले सुरक्षित यात्रामा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीका अनुसार सडकको क्षमताभन्दा सवारीसाधन धेरै छन् । ३० वर्षअघि ६९ हजार सवारीसाधन भएकोमा अहिले ३३ लाख सवारीसाधनको संख्या पुगिसकेको उनले बताए । सवारीचालकले नियम पालना गर्नुका साथै सडकमा सवारीसाधनको चाप धेरै भएकाले सडकको स्तर पनि सुधार गर्नु उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । सार्वजनिक सवारीचालकलाई सवारीसाधनको प्रकार र प्रकृतिअनुसार लाइसेन्स वितरण र नवीकरणको व्यवस्था गरिए चालकको लापरबाहीले हुने दुर्घटनामा कमी आउने उनले बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस