हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
०८ वैशाख २०८१
•
४ मिनेट पाठ
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
अष्ट्रेलियाका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आएका थिए । पदयात्रा पर्यटकका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय छन्।




नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुगेका पिटर यहाँको प्राकृतिक सौन्दयर्ताले लोभिए। भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनः सोही क्षेत्रको भ्रमणमा निस्किए।

दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेनन्, उनीहरुले यसै पदमार्गमा पर्ने पाउ द्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तरघुलन हुने प्रयास गरेका थिए।

‘पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ’, पिटरले भने। हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आएका पिटर यसबीचमा १९ पटक नेपाल आए।

सन् २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनःपाउद्वार गाउँमा पुगेका थिए। यसपटक पिटरको भ्रमण पाउ द्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उद्देश्यमा केन्द्रित थियो। पिटर दम्पतीलाई स्थानीय पाउ द्वार माविमा भव्य स्वागत भयो। गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउ द्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो।

चौथो पटक सन् २००८ मा नेपाल आएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सारे। तत्कालीन शिख गाविसअन्तर्गतका विभिन्न छ वटा विद्यालयका शिक्षकलाई पिटरले व्यक्तिगतरुपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गरेका थिए 

सुरुआतका बर्षहरुमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएका पिटरले पछिल्लो एकदशक यता भने संस्थागतरुपमा आर्थिक सहयोग गर्दै आएका छन्। तत्कालीन पाउ द्वार माविका शिक्षकसमेत रहेका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेसन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ।

लर्न र क्वालिटी एजुकेसनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ।

अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वयनमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताए।

‘अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसनमार्फत हामीलाई वार्षिक रुपमा ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौं, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरुमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ’, तिलिजाले भने।

नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उनले बताए।

लर्न र क्वालिटी एजुकेसनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरुलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

‘गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्टाछुट्टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षाकोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौं’, अध्यक्ष भण्डारीले भने। लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ।

क्वालिटी एजुकेसन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरूमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो।

यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०/२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।
अर्को समाचार
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
३ घण्टा अघि
•
१ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
पोखरा। गण्डकी प्रदेश प्राकृतिक रूपमा मात्र होइन, भाषा र संस्कृतिको हिसाबले पनि धनी छ। यहाँ १०३ जातजातिले ७२ मातृभाषा बोल्छन् भनिन्छ। सांस्कृतिक हिसाबले पनि विविधतापूर्ण संस्कृति रहेको गण्डकी देशकै भाषा, संस्कृतिमा नमुना मानिन्छ।




तर नवपुस्ताले आफ्नो भाषा बोल्न छाड्दै गएका छन्। मौलिक लोकभाका हराउँदै गएको छ भने परम्परागत संस्कृति पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेका छन्।

यही नयाँ पुस्ताले बोल्न छाड्दै गएको भाषा, मौलिक लोकभाका र लोपोन्मुख संस्कृति संरक्षणमा गण्डकी प्रज्ञा–प्रतिष्ठान लाग्ने भएको छ। जसका लागि आगामी वार्षिक कार्य योजना तयार गरेर कार्यक्रमको प्राथमिकीकरण गरिएको प्रतिष्ठानले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रतिष्ठानको मंसिर ११ र १२ गते बसेको प्राज्ञ सभा बैठकले मौलिक भाषा, लोकभाका, बाजा, नाच र संस्कृतिलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहितको वार्षिक कार्य योजना पारित गरेको कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले बताए।

‘दशौं प्राज्ञ सभाबाट पारित कार्ययोजनामा लोपोन्मुख सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान, संरक्षण र पुस्तान्तरणलाई विशेष जोड दिइएको छ’,उनले भने। सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्ने लक्ष्य राखेको प्रतिष्ठानले प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई संरक्षण गर्दै सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गरी योजना बनाएको उनले बताए।

प्रतिष्ठानको वार्षिक कार्ययोजनामा गण्डकीका मुख्य १० भाषाका कक्षा सञ्चालन गर्ने उल्लेख छ। प्रतिष्ठानले चालु आर्थिक वर्षमा तमु (गुरुङ), मगर, नेपाल, दुरा, ढुट÷खाम, थारु, तामाङ, छन्त्याल, कुमाल र दरै भाषाका कक्षा सञ्चालन गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भाषा संरक्षण अन्तर्गत लोपोन्मुख भाषा र लिपिको अनुसन्धान, शब्दकोश निर्माण तथा लोकभाषाका शब्द सङ्कलन गरी ग्रन्थ प्रकाशन गर्ने योजना पनि प्रतिष्ठानको छ।

युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष्ठले बताए।

त्यस्तै, प्रतिष्ठानले गण्डकी प्रदेशको कामकाजी भाषाका रूपमा घोषित गुरुङ र मगर भाषालाई व्यवहारमै उतार्नका लागि आवश्यक कार्यमा सहकार्य गर्ने भएको छ।

‘गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने उद्देश्यले अघि सारेको नीतिलाई कार्यान्वयनमा सघाउने प्रतिष्ठानको योजना छ’,उनले भने,‘यसका लागि सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरी भाषा र लिपिलाई व्यवस्थित गरिनेछ।’

प्रतिष्ठानले भाषा संरक्षण र शुद्ध प्रयोगलाई प्रोत्साहन गर्न ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान’लाई निरन्तरता दिने भएको छ। यसअघि देखि नै सञ्चालनमा रहेको यो अभियानलाई प्रभावकारी बनाउने गरी प्रतिष्ठानले कार्य योजना बनाएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए। जसका लागि ३५ जना भाषा शिक्षक तयार गरिएको उनले बताए।

उनका अनुसार शुद्धतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले शुद्ध पुस्तकहरूको प्रतिष्ठान आफैले प्रकाशन गर्नेदेखि गण्डकीका लेखकहरूले प्रकाशित गरेका शुद्ध पुस्तकहरूलाई गण्डकी वर्ष पुस्तक घोषणा गरी पुरस्कृत गर्ने, स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलन आयोजना गर्नेसम्मका कार्यक्रम तय भएको छ।

प्रतिष्ठानले भाषासँगै हराउँदै गएका लोकसंस्कृतिको संरक्षणलाई पनि प्राथमिकतामा राखेर कार्य योजना बनाएको छ। लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोकभाका, लोककथा, लोकनाटक, उखान, टुक्का र गाउँखाने कथाको सङ्कलन गर्ने प्रतिष्ठानको योजना रहेको जनाइएको छ।

विभिन्न जातजातिका संस्कृतिको सर्वेक्षण, किंवदन्ती, जनश्रुति र लोकमन्त्रको सङ्कलन तथा होमस्टे संस्कृतिको दस्तावेजीकरणसमेत गरिने कार्य योजना बनेको सदस्य सचिव श्रेष्ठले बताए।

विशेष गरी लोपोन्मुख अवस्थामा रहेका मौलिक लोक भाकालाई नयाँ पुस्तासम्म पुर्‍याउन प्रतिष्ठानले संरक्षण अभियान सञ्चालन गर्ने, यानिमयाँ, सुनिमयाँ, साहिँलो दाइ, रेरे साइँलो, घुम्टेको भाका, कठै, सिलोक र कैकदमैजस्ता मौलिक भाकाको संरक्षणसँगै पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिने पनि श्रेष्ठले जानकारी दिए।

त्यस्तै, एकोहोरी तथा दोहोरी गीतको संरक्षण र सम्बद्र्धनका कार्यक्रम पनि समेटिएका छन्। परम्परागत बाजा र नाचको संरक्षणका लागि धिमे, ढोङ्गी, टुना, खैजडी, मादल, सारङ्गी, अर्बाजो, मौरी, छ्याँडु र नौमती बाजा बजाउने तालिमलाई निरन्तरता दिइने भएको छ।

साहित्य र सिर्जनाको संरक्षणका लागि गण्डकी साहित्य डिजिटल अभिलेख निर्माण, स्रष्टाका सिर्जनाको संरक्षण, पुस्तक लेखनमा अनुदान र प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए। ‘स्मृतिमा स्रष्टा, धूनमा कविता’ कार्यक्रम गरिने उनले बताए।

ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिने जनाइएको छ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना रहेको श्रेष्ठले बताए।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने कार्य योजना बनेको श्रेष्ठले जानकारी दिए।

‘ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिनेछ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना छ’,उनले भने।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गरिने उनले बताए।

भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेको प्रतिष्ठानले अनुसन्धानलाई पनि उत्तिकै महत्त्व दिएको छ। प्रतिष्ठानले अनुसन्धानका लागि अनुदानको व्यवस्था गरेको छ भने गण्डकीका प्रतिभा ग्रन्थ निर्माण गर्ने, गण्डकीका संघसंस्थाहरु शीर्षकमा अनुसन्धान गर्रा ग्रन्थ तार गर्ने, गण्डकी प्रदेशका भाषा, कोट, किल्ला तथा गढीहरु, मठमन्दिर, गुम्बा तथा थान, लोकमन्त्र, लोकविश्वास, औषधीमुलो, लोकगीत, लोककविता, लोकगाथा, लोककाव्य, लोककथा, उखान, लोकनाटक, टुक्का, गाउँखाने कथा, लोकबाजा, लोककला, प्रथा, पुरातत्व, नदीनाला, लोकजीवन, पर्यटनलगायत बारेको अनुसन्धानमा जोड दिइने सदस्य सचिव श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानले आफ्नै कार्यालय भवन बनाउनका लागि जग्गाको खोजी गर्ने भएको छ भने गण्डकी प्रदेशले स्थापना कालदेखि नै जोड दिँदै आएको सांस्कृतिक ग्राम निर्माणका लागि पहल गर्ने भएको छ।

साथै कला प्रदर्शनी गृह निर्माण, स्रष्टा चौतारी निर्माण, गन्धर्व डबली निर्माण र एक जिल्ला एक सांस्कृतिक घर निर्माणका लागि पनि पहल गरिने श्रेष्ठले बताए।

त्यस्तै, लोपोन्मुख संस्कृतिको डकुमेन्ट्री बनाउने, स्रष्टाको बायोग्राफी बनाउने लगायतका कार्यलाई पनि प्राथमिकता दिइने उनले बताए।
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
यो पनि पढौँ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस