रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
२ मिनेट अघि
•
१ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
चितवन। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




लामो समयदेखि अलपत्र रत्ननगर सभाहलको आज निरीक्षण गर्दै उनले अस्पतालको सेवा विस्तारका लागि उक्त संरचना उपयोगी हुने भएकाले अस्पताललाई हस्तान्तरण गर्न आफूले प्रयास गर्ने बताए।

स्थानीयको माग र आवश्यकता अनुसार सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले नगरपालिकासँग समन्वय गरेर अस्पतालले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताए। विसं २०७३ देखि निर्माण सुरु भएको सभाहल एक दशकसम्म पनि पूरा भएको छैन।
चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले पनि सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै यस विषयमा आफूले मन्त्रीसँग पहिलेदेखि नै छलफल गर्दै आएको बताए। अस्पतालले उक्त संरचना प्राप्त गरे नर्सिङ कलेज सञ्चालन, बिरामीका लागि थप सेवा तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज हुने बताए।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले एउटै नगरपालिकामा दुई सभाहल आवश्यक नभएकाले अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने बताए।

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अङ्कुर पौडेलले अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने गरेका बताउँदै भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको बताए।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले बिरामीको चाप बढ्दै गएको अवस्थामा सभाहल उपयोग गर्न पाए स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम विस्तार गर्न सकिने बताए। - रासस
अर्को समाचार
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी : प्रहरीद्वारा अनुसन्धान सुरु
५ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी : प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौं। काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले थप ५१ वटा बाख्रीसमेत नियन्त्रणमा लिएको छ।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १२ गते बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासु खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले अनुगमन गरेको थियो।

सो क्रममा ५६७ किलो बाख्रीको मासु बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले थप ५१ वटा बाख्री फेला पारी नियन्त्रणमा लिएको थियो। ती बाख्रीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

प्रहरीले काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गरी कालोबजारी तथा गैरकानुनी गतिविधि भइरहेको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार खोरमा अनुगमन गर्दा बाहिर २–४ वटा खसीबोका राख्ने र भित्र ५० औँको संख्यामा बाख्री तथा स्त्री चौपाया राखेको पाइएको छ। बाख्रा आयात गर्ने, बध गर्ने र खसीबोकाको मासु भन्दै बिक्री वितरण गर्ने कार्य भइरहेको विषयमा प्रहरीले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रहरीले मासु खरिद गर्दा उपभोक्तालाई सचेत र चनाखो रहन आग्रह गरेको छ।
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी : प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी : प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस