सधैं पानीकै पिरलो
०५ वैशाख २०८१
•
४ मिनेट पाठ
सधैं पानीकै पिरलो
फाइल तस्बिर
गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन्। धारा र कुवा सुक्दै गए। भएको मुहानमा पानी छैन। एक गाग्री पानी भर्नका लागि बागलुङको निसीखोला गाउँपालिका– २ अर्नाकोटका स्थानीयलाई घण्टौँ हिँड्नुपर्छ। गाउँको धारामा पानी आउन छाडेको दशक बढी भयो।

दिनप्रति दिन खानेपानी अभाव हुँदै गएपछि अर्नाकोटसँगै सिँडेरी र घम्पुका करिब पाँच सय घरपरिवार समस्यामा छन्। गाउँ नजिक खानेपानीको मुहान नहुँदा अर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य छन्।

पछिल्लो समय उनीहरु घण्टौँको समय एक गाग्री पानी भोक्दैमा बित्ने गरेको गर्छ। खानेपानीको हाहाकार हुँदै गएपछि एउटा धाराबाट ५० घरका नागरिकले पानी उपभोग गर्नु पर्ने बाध्यता छ। खानेपानी भर्नका लागि मध्यरातमै उठेर धारामा पुग्नुपर्छ। विहान को छिटो धारामा पुगेर पहिला पानी भर्ने भन्ने होडबाजी स्थानीयबीच हुने गरेको छ।

छिटो पुग्न नसके लामो समय लाइन बसेर पालो कुर्नुपर्ने स्थिती छ। करिब एक दशक अगाडि गाउँमा खानेपानीको चरम अभाव बढ्दै गएपछि गाउँमा थुप्रै सिमेन्टका घ्याम्पाहरू निर्माण गरेर आकाशे पानी सङ्कलन गरेर प्रयोग गर्नु पथ्र्यो। घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढ महिना पुर्‍याउनुपर्ने बाध्यता छ।

यहाँका अधिकांश स्थानीयहरू पानी बोक्नका लागि ढोरपाटन नगरपालिका वडा नम्बर ५ को बसुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन्। तर उनीहरुका समस्या अहिलेसम्म पनि सम्बोधन भएको छैन। अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान त्यस वरपर छैन। सानोतिनो भएको  मुहान पनि सक्दै गएका छन्।

खानेपानी अभाव हुँदा दैनिकी नै कष्टकर बनेको स्थानीय प्रेमबहादुर विकले बताए। बर्खामा सङ्कलन गरेको पानी महिनौसम्म पुर्‍याउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ। उनले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिने बताउँछन्।

प्लास्टिकका ड्रमहरूको प्रचलन नआउँदा घ्याम्पोमै पानी सङ्कलन गरेर प्रयोग गरेको भन्दै अहिले धेरै घर–घरमा ठूला प्लास्टिकका ड्रमहरू राखेको विकले बताए।

उनले भनिन्, ‘सरकारले सफा र शुद्ध पानीको नारा लगाउँछ,तर हामीहरूले धमिलो पनि पानी देख्न पाउँदैनौँ,एक गाग्री पानीका लागि दिन बिताउनुपर्छ, हामीहरूले कस्तो नियती भोगिरहेका छौँ, यस क्षेत्रको समस्याबारेमा धेरै पटक नेताहरूलाई सुनायौँ तर कुनै सुनुवाईनै भएन, दुर्गम ठाउँ भए पनि अहिले अरु विकास विस्तारै हुँदैछ, तर खानेपानीको सुविधा भने अझैसम्म आउन सकेन, काम नगरेपछि मान्छेहरूलाई खान लाउन पनि गाह्रो हुन्छ, पानीको दुःखले गर्दा दैनिकी चलाउन पनि सकस भइरहेको छ।’

गाउँमा पहिला सानो मुहान भए पनि अहिले पानी सुक्दै गएपछि खानेपानी आपूर्तिमा समस्या भएको स्थानीय मनकुमारी सुनार बताउँछिन्। केही वर्ष अगाडि गाउँमा पानीको हाहाकार मच्चिएपछि युनिका फाउण्डेसनको सहयोगमा निसीखोला गाउँपालिका वडा नम्बर २ बाँसखोलाबाट ती सय ३५ मिटर दुरीमा लिफ्टिङमार्फत् खानेपानी आयोजना निर्माण गरिएको थियो।

यसबाट पनि अहिले पिउने पानी अपर्याप्त भएको उनको भनाइ छ। गाउँभन्दा धेरै टाढा खानेपानीको धारो भएको हुँदा आउजाउ गर्दा तीन/चार घण्टा बित्ने सुनारले बताइन्। पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशुचौपायालाई खुवाउन समेत निकै गाह्रो भएको दुखेसो पोखिन्।

‘यो ठाउँमा निकै खानेपानीको समस्या छ, हामीहरू निकै सस्यामा छौँ, सधैँ खानेपानीकै पिरलो हुन्छ, बारीमा तरकारी लगाउँ, केही खेती गरौँ भने पनि पानीको कारण गर्न पाएका छैनौँ, चामल, नुन त बरु गाडीले बजारबाट ल्याउँछ, पानी भने घण्टौँ लगाएर बोक्नु पर्छ’, उनले भने, ‘यसले गर्दा हामीहरू निकै मर्कामा परेका छौँ, यो ठाउँ खेतीपातीका लागि उर्वर भूमि हो, जुनसुकै खाद्यबाली उत्पादन हुन्छ, तर के गर्ने पानी छैन, कसरी उत्पादन गर्न सकिन्छ र ?’

अर्नाकोट क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि धेरै प्रयासहरू भए पनि सफल हुन सकेको छैन। निसीखोला गाउँपालिका– २ का अध्यक्ष कुविर विश्वकर्माले अर्नाकोटदेखि करिब २७ किलोमिटर पश्चिममा रहेको हाँचदह मुहानबाट पाइपमार्फत पानी ल्याउने भने पनि स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको बताए।

वडा नम्बर ६ को हाँचदहमा पानी पर्याप्त हुँदा धेरै पटक स्थानीयसँग छलफल गरे पनि पानी ल्याउन नसकेको उनको भनाइ छ। दुई वर्षअगाडि ढोरपाटन नगरपालिकासँग सहकार्य गरेर फुर्तुङबाट पाइपमार्फत पानी पुर्‍याए पनि त्यो पर्याप्त नभएको सुनाए।  

‘यहाँ खानेपानीको समस्या वर्षौदेखिको हो, हामीहरूले यो समस्यालाई समाधान गर्न धेरै प्रयासहरू गरिरहेका छौँ, खासगरी अर्नाकोट, सिँडेरी, घम्पु गाउँका पाँच सय घर परिवारले खानेपानीको अभाव भोगिराख्नु भएको छ’, अध्यक्ष विश्वकर्माले भने, ‘यहाँका स्थानीयले प्यास मेटाउने गरी पानी पिउन नपाएको धेरै भयो।’ 

उनले अब वडा नम्बर २ बाँस खोलाबाट खानेपानीको व्यवस्थाप गर्ने गरी काम अगाडि बढाएको जानकारी दिए। यो योजना सफल भयो भने थोरै भए पनि यस ठाउँका नागरिकलाई राहत मिल्ने उनको भनाइ छ। -रासस
अर्को समाचार
रारा गाउँलाई सधैं पानीकै पिरलो
२२ कार्तिक २०८१
•
३ मिनेट पाठ
रारा गाउँलाई सधैं पानीकै पिरलो
जुम्लाको तिला गाउँपालिका १ रारा गाउँकी सरस्वती रावत स्थानीय सीता माविमा ७ कक्षामा पढ्छिन्। विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ। 

कारण खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जान उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दानै १० बज्छ। पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ। भन्छिन्,‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु। हातमुख नधोएरै स्कुल गएको छु।

संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको भए पनि हाम्रो बाध्यता यो छ,उनले गुनासो गरिन्।’यस्तै उक्त गाउँकी देवीका रावत र टिउकी रावतको दैनिकी पनि खानेपानीको लाइनमै बित्छ।बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एक गाग्री पानी भर्न १२ बजे पालो आउँछ।

दुमकली भन्ने ठाउँको मुहानबाट पाइपमा ल्याएको सानो पानीमा एक गाग्री पानी भर्न आधा घण्टा लाग्छ। मुहान गाउँदेखि ५ किलोमिटर टाढा छ।रारा गाउँमा अहिले धारा चार वटा मात्रै छन्। त्यो पनि नियमित पानी आउँदैन।दुई घण्टा बेलुका र दुई घण्टा बिहान मात्रै आउँछ।

उनीहरू मात्र होइनन्, रारा गाउँका स्थानीयवासी एक गाग्री पानी भर्न पानीको धारामा लाइनै लाग्छन्।देवीकाले भनिन्, ‘यहाँका सबै बस्तीहरू यसै पानीको भरमा छन्। एक गाग्री पानी भर्न ५ घण्टासम्म लाइन कुर्नुपर्ने समस्या छ।’ भर्न लाइनमा झैझगडा हुन्छ।पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशु चौपायालाई खुवाउन समेत निकै गाह्रो भएको दुखेसो पोखिन्।

कहिलेकाहीँ त,पालो कुर्दै पानी सुक्छ।बिहान लगाएको भाडा नधोएर बेलुका त्यसै खाना पकाउने गर्छु। दुई घण्टा टाढा हिडे्र तिला नदिको पानी ल्याउने गरेको सुनाइन्।घरमा स साना बालबालिका चिच्याउने गर्नेछन्।बच्चाको दिसा पनि पखाल्न पनि पाइदैन्।उनले भनिन्।लुगा,धुन,बस्तुभाउलाई खुवाउन,तिला नदी जानू दैनिक कष्टकर बनेको छ।,रावतले भनिन्,पालो पर्खँदै भात,दाल र तरकारी डढेर नष्ट हुने हुन्छ।अन्य खानेपानीको स्रोत पनि छैनन्। 

पानीका मुहानहरू खडेरीले सुक्दै जानुले पनि खानेपानीको समस्या सिर्जना भएको छ।’ यता सुरन बस्नेतका अनुसार खानेपानीको समस्या भोग्न थालेको ४६ साल भइसक्यो। तर, पिउने पानीकै अभाव छ। अहिले रारा गाउँमा २ सय ८० घरधुरी छन्।२०३५ साल यताको समस्या ज्युको तिहुँ छ। नदिको पानी बोग्दा बोग्दै थाप्लोका कपालहरू पनि झरी सके। कति भाँडाकुँडा लोटेर गए,एक महिलाको ज्यान गयो।उनले भने, ‘नुहाउन त कहाँ हो कहाँ। मुख धुन पनि धारामा पालो पाइँदैन। थोरै पानी आउँछ। पानी भर्नेहरूको लाइन ठुलो हुन्छ।

बिहान को छिटो धारामा पुगेर पहिला पानी भर्ने भन्ने होडबाजी स्थानीयबिच हुने गरेको छ।धारामा सधैं गाग्री सम्मेलन हुन्छ।यो ठाउँमा निकै खानेपानीको समस्या छ, हामीहरू निकै समस्यामा छौँ, सधैँ खान पानीकै पिरलो हुन्छ, बारीमा तरकारी लगाऊँ, केही खेती गरौँ भने पनि पानीको कारण गर्न पाएका छैनौँ, ‘यसले गर्दा हामीहरू निकै मर्कामा परेका छौँ, यो ठाउँ खेतीपातीका लागि उर्वर भूमि हो, जुनसुकै खाद्य बाली उत्पादन हुन्छ, तर के गर्ने पानी छैन, कसरी उत्पादन गर्न सकिन्छ र ? ’स्थानीयले गुनासो गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस