दिनभर पानीकै पिरलो
२८ फागुन २०७२
•
१२ मिनेट पाठ
दिनभर पानीकै पिरलो
काठमाडौं-वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, ठोकर्पा–२ की ४० वर्षीया रमा पौडेलको घर मात्रै ढालेन, दुःखका अनगिन्ती भारी थपिदियो। अचेल उनी बिहान ४ नबज्दै उठ्छिन्। अँध्यारैमा गाग्री च्यापेर एक घन्टा टाढाको धारातिर लाग्छिन्।झन्डै आधा घन्टा लाइन बसेपछि बल्ल उनको पालो आउँछ । कोखमा पानी च्यापेर फेरि उही अप्ठेरो बाटो फर्कनु कम्ती सकसपूर्ण छैन ।

एक गाग्री पानीका लागि दैनिक अढाई घन्टा यात्रा गर्नु नियति बनेको छ, रमाको ।

विनाशकारी भूकम्पले घरनजिकैको मुहान सुकाइदिएपछि उक्त गाउँका सबैजसो महिला बिहान उठेदेखि नै सकस झेल्न अभिशप्त छन् । ठोकर्पाका सबै २ सय घरधुरी खानेपानीको चरम अभाव झेलिरहेका छन् । भूकम्पमा जसोतसो जोगिएको ज्यान पानी खान नपाएरै जाने हो कि भन्ने पिरलो छ उनीहरूलाई ।

रमाका अनुसार भूकम्पपछि वरिपरि गाउँका मुहान पनि सुकेकाले उक्त धारामा रात–बिहान जति बेलै भिड लाग्छ । त्यो धारो पनि बिस्तारै सुक्दै गइरहेकाले अत्यास बढेको छ ।

'मध्यराति जाँदा पनि लाइन नबसी पानी पाइँदैन, त्यो पनि बिस्तारै सुक्दै गइरहेछ,' रमाले भनिन्, 'अघिल्लो चैतमा ठप्प भएको थियो, यसपालि पनि त्यस्तै भए हाम्रो बिजोगै हुन्छ।'

भूकम्पपछि पानी अभाव चुलिँदा ज्यान जोगाउनकै लागि केही परिवार बसाइँ सरिसकेका छन् । टाढाबाट ओसारेको पानी आफैंलाई खान पुग्दैन, गाईबस्तु प्राथमिकतामै पर्दैनन् । पानी जुटाउनै नसकेर थुप्रैले आफ्ना गाईबस्तु बिक्री गरिसकेका छन् । ठोकर्पाका वडा नम्बर १, २, ३ र ४ मा रहेका मुहान पूरै सुकेको रमाले जानकारी दिइन् ।

काभ्रे, माझीफेदा–७ की माइली तामाङ पनि तीन महिनायता पानीकै लागि दुःख झेल्न बाध्य छिन् । हरेक बिहान ३ बजे उठेर अँध्यारैमा दुई घन्टा टाढाको चौंरीखोला पुग्नु उनको दैनिकी बनेको छ । घरनजिकैको पँधेरो भूकम्पपछि बिस्तारै सुक्न थाल्यो । तीन महिनायता भने थोपै झर्न थाल्यो । अहिले उक्त गाउँका सबै गृहिणी निद्रा मारेर चौंरीखोला धाउँछन् ।

'भूकम्पले घर मात्र लगेन, पानीको मुहान पनि खोसेछ,' माइलीले भनिन्, 'घरनजिकैको धारो सुकिहाल्यो, अहिले दुई घन्टा तल खोलामा झर्नुपरेको छ ।' सरकारले भूकम्प पीडितलाई घरभन्दा पहिले खानेपानी व्यवस्था गरे सच्चा राहत हुने उनको भनाइ छ ।

मुहान सुकेपछि माझीफेदाका वडा नं. ४, ५, ६ र ७ का बासिन्दा पीडामा छन् । ती वडाका करिब ५ सय बासिन्दा खानेपानी नपाएरै विस्थापित हुने अवस्थामा पुगेको एकीकृत खानेपानी व्यवस्थापन समिति अध्यक्ष विनोद घिसिङले बताए । उनका अनुसार काभ्रेका डाँडागाउँ, फलोमटार, महांकालचौर, च्यासिङखर्क, च्याम्राङबेसी, कोसीपारिका कात्तिके देउराली, गोठपानी, पोखरीचौरी, धुसेनीशिवालय, गैरीबिसौना देउपुर, बालुवा देउपुर, मण्डन भेगका ४ गाविस र पाँचखाल नगरपालिका खानेपानी समस्या विकराल बन्दै छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांकअनुसार विनाशकारी भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका ३ सय २५ खानेपानी मुहान पूरै सुकेका छन् । यस्तै प्रभावित जिल्लाका ६ सय १७ मुहान पानी घटेर सुक्ने क्रममा छन् । भूकम्पले १४ जिल्लाका ४ हजार ९ सय ४ धारा, ट्यांकीलगायत खानेपानीका आयोजनामा पनि क्षति पु¥याएको छ ।

भूकम्पले थुप्र्रै आयोजनाका ट्यांकी भत्काउनु, पुर्नुका साथै पाइपलाइन पहिरोले बगाइदिएको मन्त्रालयका इन्जिनियर किरण आचार्यले जानकारी दिए । 'ती आयोजनामा आश्रित टाढाका मानिसलाई अहिले खानेपानी ठप्पै छ,' उनले भने, 'उनीहरू अहिले थोरै पानीका लागि पनि निकै दुःख गर्न बाध्य छन्, पानी नपाएरै धेरैले चौपाया बेचिसके ।'

मुहान सुक्नुका साथै आयोजना क्षतिग्रस्त हुँदा प्रभावित जिल्लामा बसोबास गर्ने ४ लाख ६६ हजार घरधुरीका २७ लाख २२ हजार ८ सय ३४ परिवार प्रत्यक्ष प्रभावित बन्न पुगेको मन्त्रालयको तथ्यांक छ ।

इन्जिनियर आचार्यका अनुसार सुक्खा मौसममा ती स्थानमा समस्या अझ बल्झिनेछ । 'तत्कालै ती क्षेत्रमा पानीका स्रोत निर्माण तथा पुनर्निर्माण कार्यक्रम नरहेकाले समस्या बढ्ने देखिएको हो,' उनले भने, 'हामीले बिग्रिएको, भत्किएको र सुकेका स्रोतको तथ्यांक संकलन मात्र गरेका छौं, पानी व्यवस्था कसरी गर्ने छलफलै हुन सकेको छैन ।' प्रभावित जिल्लामा पानीस्रोत निर्माण तथा पुनर्निर्माण नवगठित पुनर्निर्माण प्राधिकरणले गर्ने वा मन्त्रालयले, अन्योल रहेको उनको भनाइ छ ।

भूकम्पले जमिन हल्लाउँदा मुहान थुनिएको वा त्यहाँको पानी अन्यत्र सरेको हुन सक्ने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटा बताउँछन् । प्रभावित जिल्लाको खानेपानी समस्या समाधानका लागि पुसमै १ अर्ब ५९ करोड रुपैयाँ बजेट स्वीकृत भए पनि रकम र अख्तियारी नआउँदा काम अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

'योजना आयोगबाट पानीका स्रोत निर्माण तथा पुनर्निर्माण गर्न बजेट स्वीकृत भयो,' उनले भने, 'तर, त्यसलाई कार्यान्वयनमा लैजान बजेट र अख्तियारी भने अहिलेसम्म पनि आएको छैन ।' सुक्खा मौसम लागेसँगै रहेका केही स्रोत पनि धमाधम सुक्न लागेको गुनासो प्रभावित जिल्लाबाट आइरहेको उनले बताए ।

महानिर्देशक देवकोटाका अनुसार सबैभन्दा बढी काभ्रे र सिन्धुपाल्चोकका ९७–९७ वटा मुहान पूर्णरूपमा सुकेका छन् । सिन्धुपाल्चोकका थप १ सय ६५ र काभ्रेका १ सय २४ वटा मुहानमा पानी घट्दै छ । सिन्धुली, भक्तपुर, नुवाकोट र रसुवामा भने एउटै पनि मुहान नसुकेको मन्त्रालयको तथ्यांक छ तर ती जिल्लाका धेरै आयोजना पूर्ण क्षतिग्रस्त हुँदा थुप्रै बस्तीमा पानी वितरण ठप्प छ ।

भूकम्पले सबैभन्दा बढी खानेपानी आयोजना क्षति भएको जिल्ला सिन्धुपाल्चोक हो । त्यहाँका ६ सय ८२ आयोजना क्षतिग्रस्त छन् । अति प्रभावितमध्ये सबैभन्दा कम भक्तपुरका २८ आयोजनामा क्षति पुगेको छ । भूकम्पले कुनै आयोजनाका धारा, ट्यांकी भत्काउनु, चर्काउनुका साथै कतै पहिरोले आयोजना नै पुरिदिने, पाइपलाइन बगाइदिएको देवकोटाले जानकारी दिए ।

मूल सुकेर शुद्ध पानी नपाएपछि जुन पायो त्यही पानी खानुपर्दा थुप्रै स्थानमा गम्भीर स्वास्थ्यसमस्या देखिन थालेको छ । आयोजनाबाट पानी आउन छाडेपछि स्थानीयले टाढाको खोँच तथा खोलाको पानी पिउँदा झाडापखालालगायत पानीजन्य रोग देखिन थालेको रसुवा जिल्ला अस्पतालका अहेव बाबुराम थापाले बताए । उनका अनुसार यार्सा र हाकु गाविसमा खानेपानी अभाव सबैभन्दा उच्च छ ।

'नियमित स्रोतमा क्षति पुगेपछि त्यहाँका स्थानीय एक डेढ घन्टा टाढाका खोला तथा खोँचको पानी पिउन थालेका छन्,' उनले भने, 'त्यो पानी दूषित हुने भएकाले रोग निम्तने जोखिम त छँदै छ, टाढादेखि पानी ओसार्दा सकस हुने भएकाले उनीहरूमा डिहाइड्रेसन समस्या थपिएको छ ।'

केही महिनाअघि सदरमुकामबाट पाँच घन्टा पैदल दुरीको यार्सा स्वास्थ्यचौकीमा कार्यरत रहँदा आफूले पनि घन्टौं धाएर पानी ल्याएको उनले बताए । 'बर्खाको मौसममा यार्साका स्थानीयले त्रिपालमा जमेको पानी खाएर गुजारा चलाएका थिए,' उनले भने, 'सबैतिर पानी अभाव छ, उनीहरूलाई खोँच तथा खोलाकै पानी भए पनि उमालेर मात्र खान सुझाव दिइरहेका छौं ।'

खानेपानी नपाएरै ज्यान जान लागेको गुनासो बोकेर अहिले सबैजसो जिल्लाका खानेपानी डिभिजनमा पीडित आउने गरेको महानिर्देशक देवकोटाले बताए । 'अस्थायी टहरो तथा शिविरमा पीडादायी जीवन गुजारिरहेकालाई अझ धेरै दुःख दिन हुँदैन,' उनले भने, 'तत्कालै समस्या समाधान नभए समस्या झन् विकराल बन्दै जान्छ ।'

पुनर्निर्माण प्राधिकरण गठनमा ढिलाइकै कारण लामो समय चुप बस्नुपरेको जानकारी दिँदै उनले केही दिनमै भूकम्प पीडितलाई खानेपानी पुर्‍याउन पहल थालिने जानकारी दिए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस