जुम्लाको तिला गाउँपालिका १ रारा गाउँकी सरस्वती रावत स्थानीय सीतामाविमा ७ कक्षामा पढ्छिन्। विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ। कारण– खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दानै १० बज्छ।
पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ। भन्छिन्,‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु। हातमुख नधोएरै स्कुल गएको छु।
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको भएपनि हाम्रो बाध्यता यो छ,उनले गुनासो गरिन्।’यस्तै उक्त गाउँकी देविका रावत र टिउकी रावतको दैनिकी पनि खानेपानीको लाइनमै बित्छ।
बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एकगाग्री पानी भर्न १२ बजे पालो आउँछ।दुमकली भन्ने ठाउँको मुहानबाट पाइपबाट ल्याएको सानो पानीमा एकगाग्री पानी भर्न आधा घण्टा लाग्छ। मुहान गाउँदेखि ५ किलोमिटर टाढा छ।रारागाउँमा अहिले धारा चारवटा मात्रै छन्। त्यो पनि नियमित पानी आउँदैन।
दुई घण्टा बेलुका र दुई घण्टा विहान मात्रै आउँछ।उनीहरू मात्र होइनन्, रारागाउँका स्थानीयवासी एक गाग्री पानी भर्न पानीको धारामा लाइनै लाग्छन्।देविकाले भनिन्, ‘यहाँका सबै बस्तीहरू यसै पानीको भरमा छन्। एकगाग्री पानी भर्न ५ घण्टासम्म लाइन कुर्नुपर्ने समस्या छ।’ भर्न लाइनमा झैझगडा हुन्छ।
पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशुचौपायालाई खुवाउन समेत निकै गाह्रो भएको दुखेसो पोखिन्।कहिलेकाहीँ त,पालो कुर्दै पानी सुक्छ।विहान लगाएको भाडामा नधोएर बेलुका त्यसै खाना पकाउने गर्छुँ। दुई घण्टा टाढा हिडेर तिला नदिको पानी ल्याउने गरेको सुनाइन्।
घरमा स-साना बालबालिका चिच्याउने गर्नेछन्।बच्चाको दिसा पखाल्न पनि पाइदैन्, उनले भनिन्, लुगा,धुन,वस्तुभाउलाई खुवाउन,तिला नदि जानू दैनिक कष्टकर बनेको छ,रावतले भनिन्, झपालो पर्खदै भात,दाल र तरकारी डढेर नष्ट हुने हुन्छ।
अन्य खानेपानीको स्रोत पनि छैनन्। पानीका मुहानहरू खडेरीले सुक्दै जानुले पनि खानेपानीको समस्या सिर्जना भएको छ।’ यता सुरन बस्नेतका अनुसार खानेपानीको समस्या भोग्न थालेको ४६ साल भइसक्यो। तर, पिउने पानीकै अभाव छ।
अहिले रारा गाउँमा २ सय ८० घरधुरी छन्।२०३५ साल यताको समस्या ज्युको तिहुँ छ। नदिको पानी बोक्दा बोक्दै थाप्लोका कपालहरू पनि झरीसके। कति भाडाकुडा लोटेर गए, एक महिलाको ज्यान गयो। उनले भने, ‘नुहाउन त कहाँ हो कहाँ। मुख धुन पनि धारामा पालो पाइँदैन। थोरै पानी आउँछ। पानी भर्नेहरूको लाइन ठूलो हुन्छ। विहान को छिटो धारामा पुगेर पहिला पानी भर्ने भन्ने होडबाजी स्थानीयबीच हुने गरेको छ।
धारामा सधैं गाग्री सम्मेलन हुन्छ।यो ठाउँमा निकै खानेपानीको समस्या छ, हामीहरू निकै सस्यामा छौँ, सधैँ खानेपानीकै पिरलो हुन्छ, बारीमा तरकारी लगाउँ, केही खेती गरौँ भने पनि पानीको कारण गर्न पाएका छैनौँ, ‘यसले गर्दा हामीहरू निकै मर्कामा परेका छौँ, यो ठाउँ खेतीपातीका लागि उर्वर भूमि हो, जुनसुकै खाद्यबाली उत्पादन हुन्छ, तर के गर्ने पानी छैन, कसरी उत्पादन गर्न सकिन्छ र ? ’स्थानीयले गुनासो गरे।
जुम्लाको चन्दननाथ नगरपालिका–४, भारतीबाडाका प्रकाश उपाध्याय भेटघाटका लागि नगरपालिका कार्यालय पुगे। त्यहाँ उनले ठूलो अक्षरमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ लेखिएको देखे।
अचम्म मान्दै सहयोगी कर्मचारीसँग सोधे, ‘म हाकिमलाई भेट्न आएको छु, हुनुहुन्छ कि?’ कर्मचारीले जवाफ दिए, ‘हाकिम कार्यकक्षमा छन्, तर टोकन लिनुपर्छ।’ उपाध्यायले टोकन लिए, दर्ता गराए र हाकिमसँग भेटे। सामान्य भेटघाटपछि उनी घर फर्के।
प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्। पहिले जस्तो कोठा–कोठा धाउनुपर्ने बाध्यता अब छैन। टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगेपछि कर्मचारीले काम सकेर खबर गर्छन्। काम कति समय लाग्छ वा कति भयो भन्ने जानकारी प्रतीक्षा कक्षको स्क्रिनमा हेर्न सकिन्छ।
नगरपालिका–३ की रमा उपाध्यायलाई मूल ढोकामा कर्मचारीले काम सोधेर टोकन लिई केन्द्रमा जान सुझाए। टोकन प्रणालीबाट बसेर सेवा लिएपछि उनी खुसी भइन्। उनले भनिन्, ‘काम सक्दा ढिलो हुन्छ होला सोचेको थिएँ। तर, एकैछिनमा भयो। कोठा–कोठा धाउनु परेन, एकै ठाउँमा सेवा पाइयो।’
सेवाग्राहीलाई सहज र कम समयमा सेवा दिन चन्दननाथ नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। सुरुमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि वा कर्मचारी भेट्न पुगेकाले १० मिनेटभन्दा बढी कुर्नु पर्दैन। अन्य कामका लागि पुगेकाहरू केन्द्रमा जान्छन्। त्यहाँ कार्यालय स्वचालन प्रणालीमार्फत सेवाको प्रकृतिअनुसार दर्ता हुन्छ। फाइल दर्तापछि कर्मचारीले वर्गीकरण गरी सम्बन्धित शाखालाई समय तोकेर काम पठाउँछन्।
हरेक शाखाले सिस्टममार्फत कामको जानकारी पाउँछ र तोकिएको समयमा सक्छ। कागजात नपुगेमा सुरुमै सेवाग्राहीलाई प्रमाण जुटाउन भनिन्छ। गुनासोका लागि पेटिकाको व्यवस्था पनि छ।
स्थानीय सूर्य थापाले सहज सेवा पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिले कसैले के पुगेन, कसैले के भन्थे, सेवा लिनै मन लाग्दैनथ्यो। अहिले एकै ठाउँमा बसेर सेवा पाइन्छ।’ योजना सम्झौता, रकम भुक्तानी, प्रस्तावना पेस गर्न टोकन लिनुपर्छ, जसले सेवा सहज भएको छ।
पहिले टोकन नहुँदा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्थ्यो। हल्ला र विवादले पालो पाउन कठिन हुन्थ्यो। पहुँचवालाको काम छिटो र पहुँच नहुनेले हप्तौँ कुर्नुपर्थ्यो। तर, टोकन प्रणालीले सबैको आवाज सुनिन्छ। थापाले भने, ‘अहिले हरेक कोठामा फाइल पुर्याउनु पर्दैन। दर्ता भएको फाइल कर्मचारीले सम्बन्धित फाँटमा पुर्याउँछन्।’
उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाहले नागरिकलाई सेवा दिन सहज भएको बताइन्। नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना र बजेट निर्माणमा पनि सजिलो भएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन्। सेवाग्राहीले दुख पाएका छैनन्।’ हालसम्म एक हजार २४८ जनाले टोकनमार्फत सेवा लिएको तथ्याङ्क छ। अन्य सात गाउँपालिकामा पनि यो अभ्यास आवश्यक रहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...