स्याउ बगैंचा व्यवस्थापनमा जुटे जुम्लाका किसान
१८ माघ २०८१
•
४ मिनेट पाठ
स्याउ बगैंचा व्यवस्थापनमा जुटे जुम्लाका किसान
हिउँदयाम लागेसँगै हिमाली जिल्ला जुम्लाका राताम्मे स्याउ बगैंचाहरू पात झरेर उजाड बनेका छन्। भदौदेखि कात्तिकसम्म बगैंचाबाट स्याउ टिपिसकेपछि बगैंचाका स्याउ बोट उजाड बनेका हुन्। स्याउ जुम्लाको मुख्य फलफूल बाली हो। 




कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको जुम्लाका अधिकांश किसान स्याउ खेतीमा निर्भर छन्। स्याउ खेतीबाट जुम्लाले बर्सेनि आधा अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छ। व्यावसायिक तथा जीविकोपार्जनका रूपमा मुख्य आम्दानी स्रोतको रूपमा स्थापित जुम्लाका किसानले झन्डै आधा शताब्दीदेखि निरन्तर स्याउ खेतीलाई पछ्याइरहेका छन्।

बर्सेनि हिउँदयामको पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट गर्ने र त्यसपछि आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ। भदौदेखि कात्तिक महिनासम्म जुम्लाका बगैंचामा लोभलाग्दो लटरम्म स्याउ फल्छन्। अन्य खेतीको तुलनामा कम झन्झटिलो मानिने स्याउ खेतीले जुम्लाको आर्थिक स्थितिलाई माथि उकास्न महत्त्वपूर्ण योगदान दिएको छ।

पछिल्लो समय कृषिअन्तर्गत स्याउ खेतीतर्फ स्थानीयको आकर्षणसमेत बढ्दै गएको छ। करोडौं रुपैयाँको स्याउ फल्ने स्याउ बगैंचामा जुम्लाका किसान अहिले बगैंचा व्यवस्थापन गर्न तल्लीन छन्। अक्सर स्याउ बोटबाट स्याउ पोस्ट हार्भेस्ट गरिसकेको केही हप्तामै स्याउ बगैंचाहरू पात झरेर नांगो हुन्छ। स्याउको उत्पादन, संकलन तथा बजारीकरण गरिसकेपछि हिउँदयामको चिसो मौसममा स्याउ बगैंचा व्यवस्थापन सुरु हुन्छ। स्याउको भरपर्दो र समुचित ढंगले बगैंचा व्यवस्थापन गर्न सके किसानले गुणस्तरीय उत्पादन र राम्रो आम्दानी लिन सक्छन्। 

जुम्लाको आठ वटै स्थानीय तहमा अहिले स्याउ बगैंचा व्यवस्थापन कार्य सुरु गर्न थालिएको छ। पुस महिना लागेसँगै जुम्लाका किसानले उजाडिएका स्याउ बगैंचामा गोडमेल गर्ने, सिँचाइ गर्ने, मलजल गर्ने, रोग किरा आदिको प्रकोप नियन्त्रण गर्ने र हाँगाबिगाको काँटछाँट गर्ने लगायतका काम गर्न भ्याइनभ्याइ छ। बर्सेनी जुम्लाका किसानलाई कृषि विकास, स्याउ सुपरजोन र सम्बन्धित स्थानीय तहहरूले प्राविधिकको व्यवस्था गरी स्याउ बगैंचा व्यवस्थापन सम्बन्धित तालिम र फिल्डमै पुगेर किसानले स्याउ खेती गर्ने तरिका सिकाउने गर्छन्।

स्याउ बोटमा पालुवा र कोपिला पलाउनुअगावै स्याउको हाँगाबिगा काँटछाँट गर्नुपर्ने हुन्छ। स्याउ बोटलाई फर्मल इन्फेक्सनका कारण बोटमा कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भन्ने उद्देश्यले स्याउको अनाधिकृत हाँगा काँटछाँट गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारीले बताए। ‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउको सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ, कार्यालय प्रमुख अधिकारीले भने, ‘स्याउ बगैंचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार बनाउन टेवा पुग्छ।’

पातारासी गाउँपालिका–६ उर्थु गाउँका किसान अम्मर बहादुर बिष्ट भन्छन्, ‘स्याउ बगैंचाको व्यवस्थापनमा राम्रोसँग गर्न सके उत्पादन र गुणस्तरसमेत वृद्धि हुन्छ, स्याउको बगैंचा व्यवस्थापन गर्ने मुख्य समय पनि यही याममा गर्नुपर्छ। स्याउका लागि आवश्यक उपकरण सबै छन्, हामीले बगैंचाको राम्रो हेरचाह गर्न सके राम्रो आम्दानी लिन सक्छौँ।’ उनले स्याउको जथाभावी हाँगाबिँगा काँटछाँट गर्दा उत्पादन र गुणस्तर दुवैमा ह्रास आउने उल्लेख गरे। 

स्याउका लागि अनुकूल हावापानी र उचित बगैंचा व्यवस्थापनको संयोजनले मात्रै स्याउको उत्पादकत्व  वृद्धि र स्याउको गुणस्तर राम्रो हुन्छ। स्याउ बोट उजाड भएसँगै बगैंचा व्यवस्थापनमा जुटेको सोही गाउँका अर्का किसान हर्कबहादुर बुढा भन्छन्, ‘स्याउ बोटको अनावश्यक हाँगाहरू काँटछाँट गर्ने, जरामा किरा नलागोस् भनेर बोडो पेस्ट लगाउने, गाईवस्तुको गोठे मल हाल्ने, सिचाईं गर्ने, हिउँ र वर्षाको पानी सञ्चित गर्न पोखरी निर्माण गर्ने गरेका छौँ।’ स्याउ बगैंचाको राम्रो र उपयुक्त व्यवस्थापन भए मात्र स्याउका बोटले गुणस्तरीय स्याउ र उत्पादन वृद्धि हुने बुढाको भनाइ छ। 

स्याउ बगैंचा व्यवस्थापन गर्दा कृषकले स्याउ बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्चर छर्किने गर्छन्। यसो गर्दा स्याउ बोटमा संक्रमण नियन्त्रण गर्छ। जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउको आम्दानी गरेको छ, जहाँ एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म कमाउन सक्छन्।
अर्को समाचार
जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा चटारो
२७ पौष २०७९
•
३ मिनेट पाठ
जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा चटारो
जुम्लाका किसान आजभोलि स्याउ बगैंचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ। सिंजा गाउँपालिका(६ का  किसान दलबहादुर रोकायाले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा आफूहरू जुटेको जानकारी दिए।बगैंचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको सिंजा गाउँपालिका(६ का वडाध्यक्ष लालबहादुर बुढाले बताए।




बगैंचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय समेत सुरू भइरहेको छ।जुम्लाका ८ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखा जुम्लाले जनाएका छन्।धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए।उनका अनुसार जुम्लाका कृषकलाई हिजोआज स्याउ बगैंचा व्यवस्थापनको चटारो चलिरहेको छ।

स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिए।बिरूवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्।खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरूवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरूवा लगाउन उपयुक्त हुने उनले जानकारी दिए।दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिंचाइ गर्ने काममा कृषक जुटेका हुन्। 

भदौअसोजमा स्याउको दाना टिप्ने गरिन्छ। फूल खेल्नु र हिउँ पर्नुअघि नै बगैंचा व्यवस्थापन गर्न जुटेका हुन्। हिउँ पर्ने समयमा स्याउ बगैंचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ। पुस र माघमा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन्। रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन्।

जुम्लाको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो।जरा वरपरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिन्छ।कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैंचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैंचा राम्रो देखिने गुठिचौर गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक उमेश न्यौपानेले बताए।उनले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरूवा रोपिसक्नुपर्ने जनाए।हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ। 

स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ। अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ। दाना साना लाग्छन्। दानाको स्वाद मीठो हुँदैन। पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गरिन्छ। स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि विकास कार्यलय र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैंचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेका छन्।स्याउका बिरूवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लक्षिराम महतले बताए।कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८र७९ मा ६ हजार १ सय ७० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। भने आर्थिक वर्ष २०७७र७८ मा ६ हजार २ सय१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस