दिलिप पौडेल, बागलुङ, असार २- बागलुङको देविस्थान गाविसका ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा गुल्मी रिणीका चालक सोती परियार र बाग्लुङको बोवाङ-१८ सुकुरदुङका टेक बहादुर पुनका छोरा १० वर्षीय नविन पुन छन्।
घाईते तीन जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भईरहेको छ।
जिल्लाको बुर्तिबाङ बजारदेखि बोहरागाउँको झिवाखोला तर्फ सामान लिएर जाँदै गरेको ट्याक्टर बुधवार दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। ग १ च १४३५को ट्याक्टर जिल्लाको देविस्थान गाविस वार्ड नं. १ पाखुरेको भीरबाट सडकदेखि एकसय मिटर तल खोलामा खसेको थियो।