उदयपुर - जिल्लाको पूर्वी गाविस बेल्टारमा बुधबार भएको ट्याक्टर दुर्घटनामा परी एक किशोरको मृत्यु भएको छ।स १ च २४५४ नम्बरको बालुवा बोकेको ट्याक्टर बेल्टार ६ स्थित मटीखडे खोलामा दुर्घटनामा पर्दा सहचालक हडिया ५ का १६ वर्षीय अनिशकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
हडियाबाट बालुवा लिएर बेल्टारको माडिबासतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा सहचालक चौधरीको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी सहायक निरीक्षक कौशलकुमार श्रेष्ठले बताए। दुर्घटनामा परी चालक हडिया ८ का ० वर्षीय सन्तोष चौधरी सामान्य घाइते भएका छन्। उनी प्रहरी नियन्त्रणमा रहेको असई श्रेष्ठले बताए।
दु्रतगतिमा रहेको ट्याक्टर साँघुरो बाटोमा अनियन्त्रित भएर लड्न खोजेका बेला चालक र सहचालक दुवै भाग्न भनेर हाम फाल्दा घट्ना भएको प्रहरीले जनाएको छ।