प्यूठान– ट्याक्टर दुर्घटनामा परी प्यूठानमा २ जनाको ज्यान गएको छ। तिराम–७ जुगपानीमा भएको दुर्घटनामा दुई बालकको मृत्यु भएको हो।रा१त ९३४ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटनामा पर्दा तिराम–७ का १० वर्षीय वेगम पुन र सोही ठाउँकै ११ वर्षीय दीपेन्द्र पुनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
गाउँमा बाटो खन्नका लागि 'एक्साभेटर'लाई इन्धन लगेर जाँदै गरेको ट्याक्टर उकालोमा 'ब्रेक फेल' भएर दुर्घटना प्रहरीको भनाई छ। मृतक बालकहरु गाउँमा पहिलो पटक पुगेको ट्याक्टरमा चढेर घरतर्फ फर्कंदै गरेको स्थानीयले बताए। घटनामा परी ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ।