एक्कासि भएको आगलागीबाट उदयपुरमा एक स्थानीयको घर जलेर नष्ट भएको छ।
शुक्रवार राति लागेको आगोले जिल्लाको उदयपुर गढी गाउँपालिका ६ नागबेलेस्थित टीकबहादुर मगरको घर र घरभित्र रहेको धनमाल नष्ट भएको हो।
काठको बेरा र फुसको छानो भएको दुईतले घरमा अचानक आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र कागजातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आगोले न्यूनतम ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।
उदयपुर गढीमा दमकल नभएको तथा छिमेकी जिल्लाबाट दमकल आउनु अघि नै क्षति भइसकेकाले स्थानीयवासीको सहयोगमा झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय तथा पशु चौपायाको भने कुनै क्षति हुन नपाएको स्थानीय नेपालटार प्रहरी चौकीलाई उद्धृत गर्दै स्थानीयले बताएका छन्।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले घट्नाबारे शुक्रवार बिहान ६ नं. वडाध्यक्षलाई पठाएर घट्नाका प्रहरी सर्जमिन मुचुल्का गरी क्षति विवरण यकिन गरेको बताए। अग्निपीडित परिवारलाई तत्काल खाने बस्ने व्यवस्था गर्न वडा कार्यालयले राहत दिने तथा घर पुन निर्माण गर्न गाउँपालिकाको नियमानुसार २५ हजार अनुदान सहयोग गर्ने तयारी भइरहेको अध्यक्ष मगरले बताए।