उदयपुरमा आगलागीबाट एक स्थानीयको घर जल्दा घर र घरभित्र रहेका सम्पूर्ण सामान जलेर लाखौंको क्षति भएको छ। आइतबार दिउँसो २ः०० बजेको समयमा एक्कासी सल्केको आगोले जिल्लाको ताप्ली गाउँपालिका ४ थानापोखरीका हीरा तामाङको घर जलेर नष्ट भएको हो।
एक्कासी भएको आगलागीबाट तामाङको फुसको छानो भएको दुईतले घर र घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, नगद ५० हजारसमेत जलेर खरानी भएको स्थानीय रुपाटार प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ। प्रहरीले आगलागीबाट ५ लाख २५ हजारभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जनाएको छ।
स्थानीयले समयमै आगो नियन्त्रणका प्रयास गरेका कारण आगलागीबाट मानवीय तथा चौपाया क्षति भने हुन नपाएको बताइएको छ। प्रहरी चौकी रुपाटारबाट १५ किलोमिटर पूर्वोत्तरमा पर्ने घट्नास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा ३ः३० बजे मात्र आगो नियन्त्रणमा ल्याउन सफल भएको जनाएको छ।