पञ्चायती व्यवस्थाविरुद्ध अभियानमा सुदूरपश्चिमका मजबुत खम्बाका रूपमा परिचित तथा जिउँदा सहिदको उपमा पाएका मदन चन्दको निधन भएको छ।
पञ्चायती व्यवस्थाविरुद्ध बोले मात्रै जेल हुने समयमा प्रजातन्त्र प्राप्तिका लागि जेल र हिरासत गरी ५७ पटक पक्राउ परेका मदन २०३६ देखि २०६२ सालसम्म पटक पटक पञ्चायती व्यवस्था र राजत्रन्त्रका विरुद्ध लडेका व्यक्ति हुन्।
पञ्चायती व्यवस्थाविरुद्ध कसैको बोल्न सक्ने अवस्था नहुँदा महेन्द्रनगरको खुल्ला मञ्चमा २०४६ साल फाल्गुन ७ गते कालो झन्डा देखाउने हिम्मत गर्ने सुदूरपश्चिमका एक मात्र कञ्चनपुरका नेता मदनलाई दरबारबाट गोली हान्ने आदेश आएता पनि बच्न सफल भएका व्यक्ति थिए। यसो हुनाले उनलाई २०४६ पछि कृष्णप्रसाद भटराई, गणेशमान सिंह र गिरिजा प्रसाद कोइरालाले ज्युँदा सहिद भने पश्चात् ज्युँदा सहिद भनी भनिन थालेको थियो।
देशमा राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लड्ने सुदूरपश्चिमका प्रमुख सिपाहीमध्ये एक मदन राजनीतिक रूपमा नेपाली काङ्ग्रेससँग जोडिएका व्यक्ति भए पनि २०४७ देखि २०६० सालसम्म कञ्चनपुरमा सबै पार्टीका सम्मानित व्यक्तित्व थिए।
तत्कालीन एमाले, माले, राप्रपा तथा अन्य पार्टीले पनि उनलाई राजनीतिक लाभ नलिने तथा सधैँ अटल र इमानदार राजनीतिज्ञका रूपमा लिने गरेको थियो। साथै सबैले सम्मान गर्ने व्यक्ति थिए।
२०६० सालपछि सक्रिय राजनीतिबाट सन्यास लिएका उनले हाल कञ्चनपुर जिल्लामा काँग्रेसबाट राजनीति गरिरहेका प्राय ठुला नेताहरूलाई नै क्रियाशील सदस्यता दिएको वा कुनै न कुनै रूपमा काँग्रेसमा आबद्ध गराएका थिए। केन्द्रदेखि स्थानीय स्तरमा २६ वटा संघसस्थामा सफल कार्यकाल निर्वाह गरेका चन्द २०४७ सालपछि कञ्चनपुरदेखि काठमाडौँको सिंहदरबारमा हिम्मती र इमानदार नेताका रूपमा चिनिएका व्यक्ति हुन्।
बि.पी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, सुशील कोइराला, मनमोहन अधिकारी, भरत मोहन अधिकारी जस्ता नेताहरूसँग उठबस गरेका चन्दलाई हालसम्म पनि सिंहदरबारभित्र कञ्चनपुरका हिम्मती इमानदार राजनीतिज्ञको चर्चामा उदाहरणका रूपमा नाम लिने गरिन्छ।