नुवाकोट–धादिङको नलाङ गाविसबाट प्रहरीले भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ।गाउँमा भरुवा बन्दुक बोकेर हिडिरहेको अबस्थामा प्रहरीले तीन थान अबैध बन्दुकसहित कम्पुर गाविस १ का ५० वर्षका सिताराम घले, सोही गाविसका ४० वर्षका किशोर घले, ३० वर्षका निरबहादुर घले, १५ वर्षका आशिष घले, कम्पुर ८ का १८ वर्षका ठाकुर श्रेष्ठ, र कम्पुर गाविस ९ का १९ वर्षका झलक घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सविन प्रधानले जानकारी दिए।
प्रक्राउ परेकाहरुले बादर धपाउनका लागि बन्दुक प्रयोग गरेको अनुसन्धानका क्रममा बताए पनि जंगलमा वन्यजन्तु शिकार गर्न गएको बुझिएको प्रहरीले जनाएको छ । प्रक्राउ परेकाहरुलाई जिल्ला अदालत धादिङमा हातहतियार तथा खरखजाना ऐन अनुसार मुद्दा दर्ता गरिने प्रहरीले बताएको छ।